आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन



ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित सामुदायिक स्वास्थ्य सेवा इकाइमा निर्माण सम्पन्न भएको नयाँ बर्थिङ सेन्टरको उद्घाटन गरिएको छ।

वडा नं। ५ का वडा अध्यक्ष लक्षुमन राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शान्ताकुमारी आङबुहाङ, प्रमुख प्रशासकीय अधिकृत अजय राजवंशी, वडा अध्यक्षहरू टेकिन्द्र सेन्दाङ र अर्जुन लिम्बु, पालिकाका विभिन्न शाखाका प्रमुख तथा कर्मचारी, जग्गादाता, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

उद्घाटनसँगै अब दोभान क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाले आफ्नै गाउँ नजिक सुरक्षित र सहज प्रसूति सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ। यसले मातृ तथा शिशु स्वास्थ्य सेवाको पहुँच विस्तार हुनुका साथै सुरक्षित संस्थागत सुत्केरीलाई थप प्रोत्साहन पुग्ने विश्वास गरिएको छ।

स्वास्थ्य शाखाले बर्थिङ सेन्टर निर्माण तथा उद्घाटन कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्तित्व, जग्गादाता, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीयवासी तथा सम्बन्धित सबैप्रति आभार व्यक्त गरेको छ।

प्रकाशित मिति : 8:46 pm

तेस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता भदौ २४ गते, पुरस्कार राशि वृद्धि

ताप्लेजुङ, भदौ १० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा तेस्रो तिम्बुङ

आठराई त्रिवेणीका सबै वडामा बर्थिङ सेन्टर सञ्चालन

ताप्लेजुङ, भदौ ९ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका पाँचवटै

ताप्लेजुङ गोल्डकप : भाग्यशाली एक जना दर्शकले स्कुटर पाउने

ताप्लेजुङ, भदौ ७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको

सद्भाव र विश्वशान्तिको कामना गर्दै मुक्कुमलुङ साहित्यिक पदयात्रा

ताप्लेजुङ, भदौ ७ गते । ताप्लेजुङमा साहित्यको माध्यमबाट आपसी सद्भाव,

मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा हेल्लोक

ताप्लेजुङ, भदौ ७ गते । मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा मनिष