लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मान



ताप्लेजुङ, असार २५ गते । लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीहरूलाई सम्मान गरेको छ । ताप्लेजुङको फुङलिङस्थित उक्त स्कुलले २०८२ सालको एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीहरूलाई विहीबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । 

‘ए प्लस’ र ‘ए’ ग्रेड ल्याउने विद्यार्थी तथा अध्यापनरत शिक्षकलाई नगद सहित पुरस्कृत गरिएको विद्यालयका प्रधानाध्यपक युवराज गिरीले बताउनुभयो । उहाँका अनुसार ‘ए प्लस’ ल्याउने छ जना विद्यार्थीलाई जनही १५ हजार रुपियाँका दरले ९० हजार तथा ‘ए’ ग्रेड ल्याउने पाँच जना विद्यार्थीलाई जनही ५ हजार रुपियाँका दरले २५ हजार रुपियाँ बितरण गरिएको छ। 

यस्तै उत्कृष्ट अङ्क ल्याउन आफ्नो मेहनेत र लगाव लगाउने शिक्षकहरूलाई दामासाहीले पाउने गरी कुल १७ हजार ५ सय रुपियाँ बितरण गरिएको प्रधानाध्यापक गिरीले जानकारी दिनुभयो । गिरीका अनुसार ‘ए प्लस’ र ‘ए’ ग्रेड ल्याउने विद्यार्थी तथा उत्कृष्ट अङ्क ल्याउनमा महत्वपूर्ण योगदान दिने शिक्षकलाई गरी कुल १ लाख ३२ हजार ५ सय रुपियाँ बितरण गरिएको छ । 

लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कीर्तिमान मादेनले आगामी शैक्षिक सत्रमा चार जिपिए ल्याउने विद्यार्थीलाई नगद १ लाख रुपियाँ पुरस्कार प्रदान गरिने घोषणा गर्नुभएको छ । यस्तै ‘ए प्लस’ र ‘ए’ ग्रेड ल्याउने विद्यार्थीलाई अहिले बितरण गरिए अनुसारकै रकमबाट प्रोत्साहित गरिने घोषणा गर्नु भएको छ ।

विद्यालयले यहाँको प्रमुख जिल्ला अधिकारीबाट सरुवा भई पाल्पाको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भई जानुहुने शिवराज सेढाईंको आगामी कार्यकाल सफलताको शुभकामना सहित बिदाई समेत गरेको छ । 

 कार्यक्रममा बिदाई भएर जान लाग्नु भएका प्रजिअ सेढाईं, शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्‍वर भट्टराई, जिल्ला प्याब्सनका सचिव तरुण भारती, पत्रकार महासङ्घ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारी, शिक्षक मानसिंह राई सहितले आ–आफ्नो धारणा राख्नु भएको थियो । 

प्रकाशित मिति : 7:01 pm

ताप्लेजुङ गोल्डकप : उपाधिका लागि सलहेश र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १८ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : पाँचथर फाइनलमा प्रवेश

ताप्लेजुङ, भदौ १७ गते । पाँचथरको फिदिम स्पोर्टिङ क्लब अन्तर्राष्ट्रिय

ताप्लेजुङ गोल्डकप : फाइनलका लागि झापा–११ र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : सलहेश फाइनलमा प्रवेश 

ताप्लेजुङ, भदौ १६ गते । सलहेश युवा क्लब सिराहा अन्तर्राष्ट्रिय

ताप्लेजुङ गोल्डकप : पहिलो सेमिफाइनल खेलमा भारत र सलहेशबिचको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १६ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप