हिमालयन लाइफले दियो साढे ५ लाख बढी दावी भुक्तानी




रेडियो काबेली
ताप्लेजुङ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड ताप्लेजुङ शाखाले साढे ५ लाख रुपैँया बढी मृत्यु दावी भुक्तानी गरेको छ ।
फुङलिङ स्थित इन्स्योरेन्सको कार्यालयमा एक कार्यक्रम को आयोजना गरी भुक्तानी गरेको हो । मेरिङ्देन ५ कि निमा जाङ्मु शेर्पेनीको गत बैशाखमा निधन भएपश्चात श्रीमान ओङ्गे शेर्पालाई ५ लाख ५८ हजार रुपैयाँ प्रदान गरिएको छ ।

शेर्पेनीले ५ लाख रुपैयाँको सावधिक जीवन बीमा गरि तीन किस्ताको ९५ हजार रूपैयाँ जम्मा गरेकी थिइन् ।बिमाङ्क ५ लाख र बोनस ५८ हजार रूपैयाँ प्रदान गरिएको शाखा प्रमुख कमल घिमिरेले जानकारी दिनुभयो । फुङलिङ नगरपालिका ४ का वडा अध्यक्ष दुर्गा पालुङवाले हकवाला ओङ्गे शेर्पालाई चेक हस्तान्तरण गर्नु भएको थियो ।

प्रकाशित मिति : 11:56 am

स्थापना दिवसमा याःलाङ (फोटो फिचर) 

ताप्लेजुङ, भदौ २१ गते । किराँत याक्थुङ चुम्लुङको ३८ औँ

प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा फुरुम्बो

ताप्लेजुङ, भदौ २१ गते । नेपाल प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा

ताप्लेजुङ गोल्डकपको भाग्यमानी दर्शक विशाल लिम्बू 

ताप्लेजुङ, भदौ २० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका विशाल लिम्बू

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ, भदौ १९ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : उपाधिका लागि सलहेश र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १८ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप