मेरिङदेनद्धारा स्थायी शिक्षक नियुक्ति भई आएकाहरुलाई स्वागत 



ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले प्राथमिक तह तृतीय श्रेणीको स्थायी शिक्षक नियुक्ति भई आएकाहरुलाई स्वागत गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी पदस्थापनको लागि मेरिङदेन गाउँपालिकामा पुगेका ८ जना शिक्षकहरूलाई स्वागत गरेको हो । 

प्राथमिक तह तृतीय श्रेणीको स्थायी शिक्षक नियुक्तिका लागि सिफारिस भएका   ७८ जना शिक्षकहरूलाई मंगलबार शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले नियुक्ति पत्र बितरण गरेको थियो । जसमा मेरिङदेन गाउँपालिकामा ८ जनाको दरबन्दी परेको थियो । 

यस्तै फक्ताङ्लुङ गाउँपालिकामा २१ जना, मैवाखोला गाउँपालिकामा १२ जना, सिरिजङ्गा गाउँपालिका, पाथीभरा याङ्वरक गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकामा समान ८–८ जनाको दरबन्दी परेको छ ।

मिक्वाखोला गाउँपालिका र सिदिङ्वा गाउँपालिकामा समान ६–६ जना र फुङलिङ नगरपालिकामा सबैभन्दा कम १ जनाको दरबन्दी परेको  शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार १४:२४

आठराई त्रिवेणी गाउँपालिकाको बजेट पास

ताप्लेजुङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको बजेट पास भएको छ ।

दोभान बजारलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने

ताप्लेजुङ । ताप्लेजुङको दोस्रो ठूलो बजार दोभानलाई प्रमुख पर्यटकीय गन्तव्यको

ताप्लेजुङको दिङ्लामा लम्पी स्किन रोग फेला

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ४ दिङ्लामा लम्पी

आठराई त्रिबेणीको शिक्षा क्षेत्रमा १८ प्रगति

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति

फुङ्लिङ ८ का उत्कृष्ट ७ शिक्षक सम्मानित 

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नं. ८ ले विद्यालयका उत्कृष्ट