केपी ओली चैत्र २९ गते ताप्लेजुङ आउने



ताप्लेजुङ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली ताप्लेजुङ आउने हुनु भएको छ । आगामी चैत्र २९ गते अध्यक्ष ओली ताप्लेजुङ आउने तयारी भइरहेको नेकपा एमाले ताप्लेजुङका कार्यबाहक अध्यक्ष सन्तोष खतिवडाले जानकारी दिनुभयो ।  

उहाँका अनुसार एमाले ताप्लेजुङको पार्टी कार्यालयको भवन उद्धघाटनको लागि अध्यक्ष ओली ताप्लेजुङ आउँदै हुनुहुन्छ । ओलीसँगै उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ, पार्टीका केन्द्रिय तहका नेता समेतको उपस्थिति रहने बताइएको छ ।

 अध्यक्ष ओलीको टोलीले निर्माणधीन तमोर करिडोरको सडकको समेत निरीक्षण गर्ने तालिका तय भएको एमाले ताप्लेजुङले जनाएको छ । ट्रयाक खोल्ने कार्य फक्क्ताङलुङ गाउँपालिकाको ओलाङचुङगोलामा पुग्न लागेसँगै सडक अनुगमनको योजना बनाइएको बताइएको छ । 

पार्टी कार्यालय उद्घाटनसँगै नेताकार्यकर्ताको भेटघाट लगायतको कार्यक्रमपछि सोही दिन ओली काठमाडौँ फर्कने तालिका रहेको छ । 

प्रकाशित मिति : 12:10 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका