केपी ओली चैत्र २९ गते ताप्लेजुङ आउने



ताप्लेजुङ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली ताप्लेजुङ आउने हुनु भएको छ । आगामी चैत्र २९ गते अध्यक्ष ओली ताप्लेजुङ आउने तयारी भइरहेको नेकपा एमाले ताप्लेजुङका कार्यबाहक अध्यक्ष सन्तोष खतिवडाले जानकारी दिनुभयो ।  

उहाँका अनुसार एमाले ताप्लेजुङको पार्टी कार्यालयको भवन उद्धघाटनको लागि अध्यक्ष ओली ताप्लेजुङ आउँदै हुनुहुन्छ । ओलीसँगै उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ, पार्टीका केन्द्रिय तहका नेता समेतको उपस्थिति रहने बताइएको छ ।

 अध्यक्ष ओलीको टोलीले निर्माणधीन तमोर करिडोरको सडकको समेत निरीक्षण गर्ने तालिका तय भएको एमाले ताप्लेजुङले जनाएको छ । ट्रयाक खोल्ने कार्य फक्क्ताङलुङ गाउँपालिकाको ओलाङचुङगोलामा पुग्न लागेसँगै सडक अनुगमनको योजना बनाइएको बताइएको छ । 

पार्टी कार्यालय उद्घाटनसँगै नेताकार्यकर्ताको भेटघाट लगायतको कार्यक्रमपछि सोही दिन ओली काठमाडौँ फर्कने तालिका रहेको छ । 

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार १२:१०

मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’का कीर्तिमानी आरोही

ताप्लेजुङ । सन् २०२१ को जनवरी १६, शनिबार साँझ ४ः४८

फुङलिङ नगरपालिका ४, ५, ६ र ७ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

ताप्लेजुङ । फुङलिङ नगरपालिकाको आयोजनामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको

आईटी एकेडेमीबाट १७ जना बने फुल स्ट्याक डेभलपर

ताप्लेजुङ । ताप्लेजुङमा आईटी एकेडेमीले पहिलो पटक १७ जना वेभ

मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

रेडियो काबेलीताप्लेजुङ । मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

जनतासँग जनप्रतिनिधि कार्यक्रम हाङदेवाबाट सुरु

ताप्लेजुङ । फुङलिङ नगरपालिकाले जनतासँग जनप्रतिनिधि कार्यक्रम सुरु गरेको छ