इलाम उपनिर्वाचन : नेम्वाङ र खड्काको चुनाव जित्ने दाबी



इलाम । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् । शनिबार दिउँसो उपनिर्वाचनका लागि नेकपा (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) लगायत पार्टीका उम्मेदवारहरूले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

एमालेबाट सुहाङ नेम्वाङ, कांग्रेसबाट डम्बर खड्का, नेकपा एसबाट जितबहादुर राई, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मङ्गोल नेश्नल अर्गनाइजेशनका मनेबहादुर लिम्बूले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यस्तै, रास्वपाबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू, अर्का स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले उम्मेदवारी दर्ता गर्नुभएको छ । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले इलामवासीको मायाका कारण आफ्नो जित निश्चित रहेको बताउनुभयो ।

उहाँले नयाँ ढङ्गले प्रचारप्रसार गर्ने बताउनुभयो । उहाँले बिना गाली गलौज र टीकाटिप्पणी बिना प्रचारप्रसार गर्ने जानकारी दिनुभयो । सबैजना सक्षम र अब्बल रहेकाले आफ्नो शतप्रतिशत दिएर काम गर्ने बताउनुभयो । उहाँले पिता स्व। सुवासचन्द्र नेम्वाङले गरेका कामहरूको पदचाप पछ्याउँदै झनै राम्रो गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले आफूले इलाममा गरेको सामाजिक कार्यहरू हेरेर भोट दिन आग्रह गर्नुभयो । उहाँले आफूले नेपाली कांग्रेसमा २०३९ सालदेखि काम गरिरहेकाले पनि भोट दिएर जिताउन आग्रह गर्नुभयो । उहाँले गठबन्धन ठुलो कुरा नभएको बताउँदै आफूलाई जनताले निर्वाचित गर्नेमा विश्वस्त रहेको बताउनुभयो ।

इलाम–२ बाट निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : 1:00 am

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध

दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश