इलाम उपनिर्वाचन : नेम्वाङ र खड्काको चुनाव जित्ने दाबी



इलाम । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् । शनिबार दिउँसो उपनिर्वाचनका लागि नेकपा (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) लगायत पार्टीका उम्मेदवारहरूले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

एमालेबाट सुहाङ नेम्वाङ, कांग्रेसबाट डम्बर खड्का, नेकपा एसबाट जितबहादुर राई, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मङ्गोल नेश्नल अर्गनाइजेशनका मनेबहादुर लिम्बूले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यस्तै, रास्वपाबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू, अर्का स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले उम्मेदवारी दर्ता गर्नुभएको छ । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले इलामवासीको मायाका कारण आफ्नो जित निश्चित रहेको बताउनुभयो ।

उहाँले नयाँ ढङ्गले प्रचारप्रसार गर्ने बताउनुभयो । उहाँले बिना गाली गलौज र टीकाटिप्पणी बिना प्रचारप्रसार गर्ने जानकारी दिनुभयो । सबैजना सक्षम र अब्बल रहेकाले आफ्नो शतप्रतिशत दिएर काम गर्ने बताउनुभयो । उहाँले पिता स्व। सुवासचन्द्र नेम्वाङले गरेका कामहरूको पदचाप पछ्याउँदै झनै राम्रो गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले आफूले इलाममा गरेको सामाजिक कार्यहरू हेरेर भोट दिन आग्रह गर्नुभयो । उहाँले आफूले नेपाली कांग्रेसमा २०३९ सालदेखि काम गरिरहेकाले पनि भोट दिएर जिताउन आग्रह गर्नुभयो । उहाँले गठबन्धन ठुलो कुरा नभएको बताउँदै आफूलाई जनताले निर्वाचित गर्नेमा विश्वस्त रहेको बताउनुभयो ।

इलाम–२ बाट निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आईतवार ०१:००

मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’का कीर्तिमानी आरोही

ताप्लेजुङ । सन् २०२१ को जनवरी १६, शनिबार साँझ ४ः४८

फुङलिङ नगरपालिका ४, ५, ६ र ७ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

ताप्लेजुङ । फुङलिङ नगरपालिकाको आयोजनामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको

आईटी एकेडेमीबाट १७ जना बने फुल स्ट्याक डेभलपर

ताप्लेजुङ । ताप्लेजुङमा आईटी एकेडेमीले पहिलो पटक १७ जना वेभ

मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

रेडियो काबेलीताप्लेजुङ । मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

जनतासँग जनप्रतिनिधि कार्यक्रम हाङदेवाबाट सुरु

ताप्लेजुङ । फुङलिङ नगरपालिकाले जनतासँग जनप्रतिनिधि कार्यक्रम सुरु गरेको छ