वार्षिक समीक्षा गर्दै सकियो सुनचाँदी व्यवसायीको साधारण सभा                                      



ताप्लेजुङ । पाथीभरा सुनचाँदी व्यवसायी कला संघ ताप्लेजुङको वार्षिक साधारण सभा सम्पन्न भएको छ । वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै वार्षिक साधारण सभा सम्पन्न भएको हो । 

गंगाराम शंकरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा प्रहरी निरीक्षक कमल लुङ्गेली, उद्योग वाणिज्य संघका कार्यभाहक अध्यक्ष दावा शेर्पा, पाथीभरा क्षेत्रविकास समितिका सदस्य शम्भु गौतम पत्रकार महासंघका अध्यक्ष आनन्द गौतमले शुभकामना दिनुभएको थियो । 

सुनको भाउ महङ्गी बढ्दै गर्दा बालबालिकाले चोरी गरेर ल्याउने जस्ता गतिविधि देखिएकोले त्यसमा निगरानी गरिदिन अनुरोध गरिएको छ । यस्तै पाथीभरामा संकलित सुन बिक्रीमा समस्या देखिएकाले त्यस विषयमा समेत छलफल गरिदिन आग्रह गरिएको छ । 

साथै सुनचाँदी किनबेचमा बिल र  व्यवसाय दर्ता अनिवार्य गरिएको पनि जनाइएको छ । कार्यक्रममा  महासचिव पूर्ण लाम्गादेले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

प्रकाशित मिति : 8:27 am

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन