प्रावि शिक्षकका लागि सिफारिस भई ताप्लेजुङ आएका ७८ जनाको दरबन्दी निर्धारण



ताप्लेजुङ । प्राथमिक तह तृतीय श्रेणीको स्थायी शिक्षक नियुक्तिका लागि ताप्लेजुङमा सिफारिस भई आएका ७८ जनालाई नियुक्तिका लागि स्थानीय तह अनुसारको दरबन्दी संख्या निर्धारण भएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले प्रकाशित गरेको विवरण अनुसार सबैभन्दा बढी फक्ताङ्लुङ गाउँपालिकामा २१ जनाको दरबन्दी देखिएको छ । शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार मैवाखोला गाउँपालिकामा १२ जना, सिरिजङ्गा गाउँपालिका, पाथीभरा याङ्वरक गाउँपालिका, आठराई त्रिबेणी गाउँपालिका र मेरिङदेन गाउँपालिकामा समान ८–८ जनाको दरबन्दी निर्धारण भएको छ ।

यस्तै मिक्वाखोला गाउँपालिका र सिदिङ्वा गाउँपालिकामा समान ६–६ जनाको दरबन्दी निर्धारण हुँदा फुङलिङ नगरपालिकामा सबैभन्दा कम १ जनाको दरबन्दी निर्धारण भएको शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले जनाएको छ । इकाई प्रमुख भट्टराईका अनुसार रिक्त दरबन्दी भएका स्थानीय तह छनौटका लागि सम्वन्धित उम्मेदवारले चैत २५ गते भित्र निबेदन पेश गर्नुपर्ने छ । eujyalopost.com

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार ००:४१

फुङ्लिङ ८ का उत्कृष्ट ७ शिक्षक सम्मानित 

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नं. ८ ले विद्यालयका उत्कृष्ट

नापी कार्यालय ताप्लेजुङको सेवा दुई दिन बन्द हुने

ताप्लेजुङ । ताप्लेजुङको नापी कार्यालय दुई दिन बन्द हुने भएको

फुङ्लिङ बजार क्षेत्रमा ठोस फोहोरको उचित व्यवस्थापन हुन नसकेको निष्कर्ष 

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजार क्षेत्रमा ठोस फोहोरको उचित व्यवस्थापन

ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी तालिम सुरु

ताप्लेजुङ । ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका