प्रावि शिक्षकका लागि सिफारिस भई ताप्लेजुङ आएका ७८ जनाको दरबन्दी निर्धारण



ताप्लेजुङ । प्राथमिक तह तृतीय श्रेणीको स्थायी शिक्षक नियुक्तिका लागि ताप्लेजुङमा सिफारिस भई आएका ७८ जनालाई नियुक्तिका लागि स्थानीय तह अनुसारको दरबन्दी संख्या निर्धारण भएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले प्रकाशित गरेको विवरण अनुसार सबैभन्दा बढी फक्ताङ्लुङ गाउँपालिकामा २१ जनाको दरबन्दी देखिएको छ । शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार मैवाखोला गाउँपालिकामा १२ जना, सिरिजङ्गा गाउँपालिका, पाथीभरा याङ्वरक गाउँपालिका, आठराई त्रिबेणी गाउँपालिका र मेरिङदेन गाउँपालिकामा समान ८–८ जनाको दरबन्दी निर्धारण भएको छ ।

यस्तै मिक्वाखोला गाउँपालिका र सिदिङ्वा गाउँपालिकामा समान ६–६ जनाको दरबन्दी निर्धारण हुँदा फुङलिङ नगरपालिकामा सबैभन्दा कम १ जनाको दरबन्दी निर्धारण भएको शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले जनाएको छ । इकाई प्रमुख भट्टराईका अनुसार रिक्त दरबन्दी भएका स्थानीय तह छनौटका लागि सम्वन्धित उम्मेदवारले चैत २५ गते भित्र निबेदन पेश गर्नुपर्ने छ । eujyalopost.com

प्रकाशित मिति : 12:41 am

ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक

ताप्लेजुङ, भदौ ४ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको

प्रमाणपत्रका लागि बढी शुल्क नलिन मेरिङदेनका विद्यालयलाई निर्देशन

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कक्षा १०

मैवाखोला गाउँपालिकामा ६ विधाका खेल प्रशिक्षक

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विद्यालय तहमा

पाथीभरामा तीन लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, भदौ २ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

ताप्लेजुङमा सर्पको टोकाइबाट युवतीको मृत्यु 

ताप्लेजुङ, भदौ २ गते । ताप्लेजुङमा सर्पको टोकाइबाट एक जनाको