ताप्लेजुङमा सुरु भएको निशुल्क आँखा शिविरमा ३७३ जनाको आँखा परिक्षण हुँदा ४५ जनाको शल्यक्रिया




रेडियो काबेली

ताप्लेजुङ । ताप्लेजुङमा मंगलबारबाट सुरु भएको दुई दिने निशुल्क आँखा शिविरमा ४५ जनाको मोतिया विन्दुको शल्यक्रिया गरिएको छ । डिचेन डोङ्गाला स्मारका आँखा उपचार केन्द्रमा मंगलबार (आज) बाट सुरु भएको दुईदिने निशुल्क आँखा शिविरमा उक्त संख्याका आँखाका बिरामीको शल्यक्रिया गरिएको हो ।

शिविरमा १८३ पुरुष र १९० जना महिला गरि कुला ३७३ जनाले आँखा परिक्षण सेवा लिएको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजी गुरुङले बताउनुभयो । नेपाल नेत्र ज्योति संघ ताप्लेजुङको आयोजनामा मेची आँखा अस्पताल बिर्तामोड झापा र मातृका आई केयर काठमाडौंको प्राविधिक सहयोगमा मंगलबार (आज) बाट सुरु भएको निशुल्क आँखा शिविर २१ गते भोलीसम्म सञ्चालन हुनेछ ।

इन्चार्ज गुरुङका अनुसार आँखाको लेजर सर्जरी गर्ने नेपालका कम मध्ये एक अब्बल विशेषज्ञ रिफ्रेक्टिभ सर्जन डा.किशोरराज प्रधानको प्रत्यक्ष संलग्नता शिविर सञ्चालन भईरहेको छ । शिविरमा मोति विन्दुको शल्यक्रिया गरिनुका साथै आँखाका बिरामीको सम्पूर्णको जाँच तथा उपचार गरिएको इन्चार्ज गुरुङले बताउनुभयो ।

आँखा परीक्षणको क्रममा ४० वर्ष भन्दा माथि उमेर समुहको सेवाग्राहीलाई पढ्ने चश्मा र औषधी निशुल्क वितरण गरिएको छ । शिविरमा नाम दर्ता बापत ६० रुपैयाँ लाग्ने र शल्यक्रिया गरेका बिरामीले खाने बस्ने व्यवस्था आफै गर्नु पर्ने पनि इन्चार्ज गुरुङले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : 11:20 am

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा