ताप्लेजुङमा सुरु भएको निशुल्क आँखा शिविरमा ३७३ जनाको आँखा परिक्षण हुँदा ४५ जनाको शल्यक्रिया




रेडियो काबेली

ताप्लेजुङ । ताप्लेजुङमा मंगलबारबाट सुरु भएको दुई दिने निशुल्क आँखा शिविरमा ४५ जनाको मोतिया विन्दुको शल्यक्रिया गरिएको छ । डिचेन डोङ्गाला स्मारका आँखा उपचार केन्द्रमा मंगलबार (आज) बाट सुरु भएको दुईदिने निशुल्क आँखा शिविरमा उक्त संख्याका आँखाका बिरामीको शल्यक्रिया गरिएको हो ।

शिविरमा १८३ पुरुष र १९० जना महिला गरि कुला ३७३ जनाले आँखा परिक्षण सेवा लिएको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजी गुरुङले बताउनुभयो । नेपाल नेत्र ज्योति संघ ताप्लेजुङको आयोजनामा मेची आँखा अस्पताल बिर्तामोड झापा र मातृका आई केयर काठमाडौंको प्राविधिक सहयोगमा मंगलबार (आज) बाट सुरु भएको निशुल्क आँखा शिविर २१ गते भोलीसम्म सञ्चालन हुनेछ ।

इन्चार्ज गुरुङका अनुसार आँखाको लेजर सर्जरी गर्ने नेपालका कम मध्ये एक अब्बल विशेषज्ञ रिफ्रेक्टिभ सर्जन डा.किशोरराज प्रधानको प्रत्यक्ष संलग्नता शिविर सञ्चालन भईरहेको छ । शिविरमा मोति विन्दुको शल्यक्रिया गरिनुका साथै आँखाका बिरामीको सम्पूर्णको जाँच तथा उपचार गरिएको इन्चार्ज गुरुङले बताउनुभयो ।

आँखा परीक्षणको क्रममा ४० वर्ष भन्दा माथि उमेर समुहको सेवाग्राहीलाई पढ्ने चश्मा र औषधी निशुल्क वितरण गरिएको छ । शिविरमा नाम दर्ता बापत ६० रुपैयाँ लाग्ने र शल्यक्रिया गरेका बिरामीले खाने बस्ने व्यवस्था आफै गर्नु पर्ने पनि इन्चार्ज गुरुङले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : 11:20 am

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा

पाथीभरामा भदौमा १३ लाख ६७ हजार भेटी सङ्कलन

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा

पाथीभरा याङवरक छ विधाका खेल प्रशिक्षक नियुक्त गर्ने

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले जिल्ला