ताप्लेजुङमा कृषि उपकरण सम्बन्धी एक दिने तालिम सम्पन्न



ताप्लेजुङ । ताप्लेजुङमा कृषि उपकरण सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ । पाथीभरा कृषि तथा पशु सामग्री सप्लायर्सको आयोजनामा आज ताप्लेजुङको कृषि ज्ञान केन्द्रमा उक्त तालिम सम्पन्न भएको हो । 

तालीम कृषि ज्ञान केन्द्रको समन्वयमा गरिएको पाथीभरा कृषि तथा पशु सामग्री सप्लायर्सका प्रोपाइटर झलेन्द्र गौतमले जानकारी दिनु भयो । ताप्लेजुङ जिल्लाका किसानहरूलाई हाते ट्याक्टर सम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक दुवै विधामा तालिम प्रदान गरिएको हो । 

कृषि ज्ञान केन्द्रका प्रमुख सन्तोष थापाको प्रमुख आथित्यतामा सम्पन्न भएको उक्त तालिममा उपस्थित किसानहरूलाई रविन भट्टराई र झरेन्द्र गौतमले कृषकहरूलाई कृषि उपकरण कसरी प्रयोग गर्न भन्ने बारे प्रशिक्षण दिएका थिए । 

कृषि उपकरण सम्बन्धी हाते ट्याक्टर आफूले पनि प्रयोग गरिरहेको यस तालिमले प्रयोगमा अझ सहयोग मिल्ने आठराई त्रिवेणी फुलबारी निवासी शेर्पा अग्र्यानीक पशुपालन फर्मका सञ्चालक पेम्बा शेर्पाले बताउनुभयो । साथै कृषि उपकरणका कारण कृषकलाई धेरै सहुलियत मिलेको पनि बताउनु भयो ।

त्यस्तै कृषि उपकरण भएर मात्र नहुने त्यसको प्रयोग सम्बन्धी पनि जानकार हुन अति आवश्यक भएको कारण यो तालिमले धेरै सहयोग मिलेको मेरिङदेन गाउँपालिका सान्थाक्रा निवासी रिहाङ पशुपन्छी पालन तथा कृषि फर्मका सञ्चालक रमेश नाल्बो बताउँनुहुन्छ । 

प्रकाशित मिति : 2:03 pm

हुलाक कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम

ताप्लेजुङ, माघ १६ गते । कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि जिल्ला

फक्ताङ्लुङद्वारा उच्च शिक्षा र प्राविधिकका विद्यार्थीलाई छात्रवृति

सौगात विष्टताप्लेजुङ, माघ १६ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले पालिकाका

प्रथम लिङ्तेप गोल्डकपको उपाधि पाँचथरलाई

 ताप्लेजुङ, माघ १३ गते । प्रथम लिङ्तेप गोल्डकपको उपाधि कुम्मायक कुसायक

प्रथम लिङ्तेप गोल्डकप : उपाधिका लागि साथीभाइ र पाँचथर भिड्दै 

ताप्लेजुङ, माघ १३ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिङ्तेपमा जारी