मैवाखोलाको विपद् व्यवस्थापनमा विश्व बैंकले साझेदारी गर्ने



रेडियो काबेली

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाको विपद् व्यवस्थापनमा विश्व बैंकले साझेदारी गर्ने भएको छ । विश्व बैंकका विपद् व्यवस्थापनविद् करिना फोनसेका फोरेईना, सुचनाविद् जोन फिनिन्गन, वरिष्ठ सामाजिक विकास विज्ञ ईशा घर्ती, ईन्जिनियर विपिन कुमार गौतम र कार्यक्रम संयोजक आशिष श्रेष्ठसँगको छलफलमा विश्व बैंकले पालिकाको विपद् व्यवस्थापनमा साझेदारी गर्ने सहमती भएको गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले बताउनुभयो ।

उहाँका अनुसार पालिकामा बिपद जोखिम न्यूनीकरणको क्षेत्रमा र बिपद सम्बन्धि पुर्ब सुचना, पुर्नस्थापनाको क्षेत्रमा प्रयोग गरिने स्थानीय सामाग्रीहरुको बैज्ञानिक छनौट र निर्माणका लागि आवश्यक पर्ने सिप सम्बन्धि तालिमहरु उपलब्ध गराई उद्यमी सृजना गर्ने योजना सहित पालिकासँग सहकार्य गर्ने समझदारी भएको छ । छलफल कार्यक्रम पछि अध्यक्ष वनेमले संसारको प्रसिद्ध संस्था विश्व बैंकले गाउँलाई सम्झेर आएकोमा धन्यवाद व्यक्तगर्नुभयो ।

गत असारमा आएको बाढी पहिरोको विपद्ले जिल्लाको विभिन्न ठाउँ सहित मैवाखोला गाउँपालिकामा पनि मानवीय साथै भौतिक क्षति भएको थियो । विपद्बबाट थप क्षति हुन नदिन गाउँपालिकाले ओदकको बस्तिलाई अस्थाई आवास स्थल बनाएर स्थानान्तरण समेत गरेको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आईतवार १४:२७

ताप्लेजुङमा मुक्कुमलुङ साहित्य प्रतिष्ठान गठन

ताप्लेजुङ । मुक्कुमलुङ साहित्य प्रतिष्ठान गठन गरिएको छ । ताप्लेजुङमा

अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा ८ टोली सहभागी हुने, पुरस्कार राशि वृद्धि

ताप्लेजुङ । आगामी साउन २४ गतेबाट सञ्चालन हुने तेस्रो संस्करणको

ताप्लेजुङमा हजार बढी सवारी साधन कारबाहीमा पर्दा आठ लाख राजश्व सङ्कलन

ताप्लेजुङ। ताप्लेजुङमा एक वर्षको अवधिमा एक हजार बढी सवारी साधन

फुङलिङ ८ का बालबालिका र ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका ८ मा बालबालिका र ज्येष्ठ

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजस्व सङ्कलन

ताप्लेजुङ । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर राजस्व सङ्कलन गरेको