मैवाखोलाको विपद् व्यवस्थापनमा विश्व बैंकले साझेदारी गर्ने



रेडियो काबेली

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाको विपद् व्यवस्थापनमा विश्व बैंकले साझेदारी गर्ने भएको छ । विश्व बैंकका विपद् व्यवस्थापनविद् करिना फोनसेका फोरेईना, सुचनाविद् जोन फिनिन्गन, वरिष्ठ सामाजिक विकास विज्ञ ईशा घर्ती, ईन्जिनियर विपिन कुमार गौतम र कार्यक्रम संयोजक आशिष श्रेष्ठसँगको छलफलमा विश्व बैंकले पालिकाको विपद् व्यवस्थापनमा साझेदारी गर्ने सहमती भएको गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले बताउनुभयो ।

उहाँका अनुसार पालिकामा बिपद जोखिम न्यूनीकरणको क्षेत्रमा र बिपद सम्बन्धि पुर्ब सुचना, पुर्नस्थापनाको क्षेत्रमा प्रयोग गरिने स्थानीय सामाग्रीहरुको बैज्ञानिक छनौट र निर्माणका लागि आवश्यक पर्ने सिप सम्बन्धि तालिमहरु उपलब्ध गराई उद्यमी सृजना गर्ने योजना सहित पालिकासँग सहकार्य गर्ने समझदारी भएको छ । छलफल कार्यक्रम पछि अध्यक्ष वनेमले संसारको प्रसिद्ध संस्था विश्व बैंकले गाउँलाई सम्झेर आएकोमा धन्यवाद व्यक्तगर्नुभयो ।

गत असारमा आएको बाढी पहिरोको विपद्ले जिल्लाको विभिन्न ठाउँ सहित मैवाखोला गाउँपालिकामा पनि मानवीय साथै भौतिक क्षति भएको थियो । विपद्बबाट थप क्षति हुन नदिन गाउँपालिकाले ओदकको बस्तिलाई अस्थाई आवास स्थल बनाएर स्थानान्तरण समेत गरेको थियो ।

प्रकाशित मिति : 2:27 pm

ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक

ताप्लेजुङ, भदौ ४ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको

प्रमाणपत्रका लागि बढी शुल्क नलिन मेरिङदेनका विद्यालयलाई निर्देशन

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कक्षा १०

मैवाखोला गाउँपालिकामा ६ विधाका खेल प्रशिक्षक

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विद्यालय तहमा

पाथीभरामा तीन लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, भदौ २ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

ताप्लेजुङमा सर्पको टोकाइबाट युवतीको मृत्यु 

ताप्लेजुङ, भदौ २ गते । ताप्लेजुङमा सर्पको टोकाइबाट एक जनाको