डिचेन डोङगला स्मारक आँखा उपचार केन्द्रलाई बराल दम्पतीद्वारा सिरक प्रदान



ताप्लेजुङ । ताप्लेजुङको  डिचेन डोङगला स्मारक आँखा उपचार केन्द्रलाई समाजसेवी एक दम्पतीले न्यानो सिरक प्रदान गरेका छन् । नेपाल नेत्रज्योति संघ जिल्ला शाखाद्वारा सञ्चालित उक्त उपचार केन्द्रलाई समाजसेवी बालमणि बराल र श्रीमती चन्द्रा बरालले पाँच थान सिरक प्रदान गर्नुभएको हो ।

शुक्रबार सदरमुकाम फुङ्लिङ बजारका व्यवसायी तथा नेपाल नेत्रज्योति संघ ताप्लेजुङका आजीवन सदस्यसमेत रहनुभएका बराल दम्पतीले सिरक प्रदान गर्नुभएको आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजी गुरुङले जानकारी दिनुभएको छ । 

आँखा उपचार केन्द्र तथा केन्द्रमा उपचार सार्थ आँखा शिविरमा उपचार सेवा लिन आउने बिरामीसमेतले प्रयोग गर्नेगरी उहाँहरूले सिरक उपलब्ध गराउनुभएको गुरुङको भनाइ छ । बराल दम्पतीले आँखा उपचार केन्द्रमै पुगेर सिरक नेपाल नेत्रज्योति संघका जिल्ला सभापति राजकुमार गुरुङलाई हस्तान्तरण गर्नुभएको हो । 

सिरक हस्तान्तरण कार्यक्रममा संघका अन्य पदाधिकारी, आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजी गुरुङ लगायतका कर्मचारीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार ००:४९

ताप्लेजुङमा बढ्यो बुढ्यौलीको सङ्ख्या  

ताप्लेजुङ । ताप्लेजुङमा बुढ्यौलीको सङ्ख्या बढेको छ । तथ्याङ्क समन्वय

सिँवा माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर, दुई सयले लिए सेवा

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं. ३ लिङखिमस्थित सिँवा

कञ्चनजंघाको दक्षिणी आधार शिवरमा टावर निर्माण गरिदिन सिरीजङ्घा गाउँपालिकाको दुरसञ्चारलाई पत्र

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले कञ्चनजंघा हिमालको दक्षिणी आधार

साहसिक यात्राका लागि कञ्चनजङ्गा हिमाल, पर्यटकको रोजाइमा

ताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा पछिल्लो समय आन्तरिक

केवलकार खारेज गर्नुपर्ने अडान कायमै रहेको नो केबलकार पक्षधरको भनाइ

ताप्लेजुङ। पाथीभरा (मुक्कुमलुङ) बचाउ अभियानमा रहेको नो केवलकार पक्षले आफ्नो