ताप्लेजुङको फुङलिङ नगरपालिकाका एक जना कपनबाट पेस्तोलसहित पक्राउ



जिल्ला प्रहरी परिसर काठमाडौं गुण्डागर्दीमा संलग्न प्रशान्त पराङदेवा लिम्बुलाई पेस्तोलसहित कपनबाट पक्राउ गरेको छ ।

गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रण गर्ने जिल्ला प्रहरी परिसरको अभियानअन्तर्गत कपन क्षेत्रमा गुण्डागर्दी गर्ने र समाजमा भय, त्रास सृजना गर्ने व्यक्तिको खोजतलास गर्ने क्रममा लिम्बु पक्राउ परेका प्रहरीले जनाएको छ ।

शङ्कास्पद गतिविधि गरेको सूचनाको आधारमा ताप्लेजुङको फुङलिङ नगरपालिका–९ घर भई अहिले सरस्वतीनगर कपन बस्ने २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

लिम्बुको घरमा खोजी गर्दा कटुवा पेस्तोल एक थान, धारिलो चक्कु दुई थान, फलामको हम्बर एक थान र मोबाइल दुई थानसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 11:38 am

स्थापना दिवसमा याःलाङ (फोटो फिचर) 

ताप्लेजुङ, भदौ २१ गते । किराँत याक्थुङ चुम्लुङको ३८ औँ

प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा फुरुम्बो

ताप्लेजुङ, भदौ २१ गते । नेपाल प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा

ताप्लेजुङ गोल्डकपको भाग्यमानी दर्शक विशाल लिम्बू 

ताप्लेजुङ, भदौ २० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका विशाल लिम्बू

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ, भदौ १९ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : उपाधिका लागि सलहेश र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १८ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप