ताप्लेजुङको फुङलिङ नगरपालिकाका एक जना कपनबाट पेस्तोलसहित पक्राउ



जिल्ला प्रहरी परिसर काठमाडौं गुण्डागर्दीमा संलग्न प्रशान्त पराङदेवा लिम्बुलाई पेस्तोलसहित कपनबाट पक्राउ गरेको छ ।

गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रण गर्ने जिल्ला प्रहरी परिसरको अभियानअन्तर्गत कपन क्षेत्रमा गुण्डागर्दी गर्ने र समाजमा भय, त्रास सृजना गर्ने व्यक्तिको खोजतलास गर्ने क्रममा लिम्बु पक्राउ परेका प्रहरीले जनाएको छ ।

शङ्कास्पद गतिविधि गरेको सूचनाको आधारमा ताप्लेजुङको फुङलिङ नगरपालिका–९ घर भई अहिले सरस्वतीनगर कपन बस्ने २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

लिम्बुको घरमा खोजी गर्दा कटुवा पेस्तोल एक थान, धारिलो चक्कु दुई थान, फलामको हम्बर एक थान र मोबाइल दुई थानसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 11:38 am

ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

ताप्लेजुङ, कात्तिक २३ । ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम)

कञ्चनजङ्घा संरक्षण क्षेत्र आईयुसिएन हरियो सूचीको आवेदन चरणका लागि योग्य

ताप्लेजुङ, कात्तिक २३ गते । ताप्लेजुङमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र

ताप्लेजुङको हाङ्देवाबाट खोरेत विरुद्धको खोप कार्यक्रम सुरु

ताप्लेजुङ, कात्तिक २३ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवाको घिमिरे

आज देशभर मौसम सफा, कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौँ । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नदेखिएकाले आज

नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा ‘एकता सन्देश सभा’ गर्दै

काठमाडौँ । हालै गठन भएको नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा