ताप्लेजुङमा ४९ जना परीक्षार्थी एसईईमा अनुपस्थित



ताप्लेजुङ । बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ताप्लेजुङमा उनन्चास जना परीक्षार्थी अनुपस्थित भएका छन् । एसईई परीक्षामा सहभागी हुनलाई आवेदन दिएका एक हजार ८९० जना विद्यार्थीमध्ये उक्त सङ्ख्यामा परीक्षा अनुपस्थित भएका हुन् ।

जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइका अनुसार एसईईको पहिलो दिन बिहीबार भएको अनिवार्य अङ्ग्रेजी विषयको परीक्षामा २७ जना छात्र र २२ छात्रा गरी ४९ जना अनुपस्थित भएका हुन् । बाँकी एक हजार ७७९ जना विद्यार्थी अर्थात परीक्षार्थी परीक्षामा सामेल भएका शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक रामनारायण चौधरीले जानकारी दिनुभयो ।

चौधरीका अनुसार परीक्षामा सामेल भएकामध्ये ९७७ जना छात्रा र ८०२ जना छात्र रहेका छन् । पहिलो दिनको परीक्षा जिल्लाभर शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको शिक्षा विकास तथा समन्य इकाइका प्रमुख योगेश्वर भट्टराईले जानकारी दिनुभयो । एसईई सञ्चालनका लागि जिल्लामा १७ वटा परीक्षा केन्द्र रहेका थिए । gorkhapatraonline

प्रकाशित मिति : 1:36 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी