ताप्लेजुङमा ४९ जना परीक्षार्थी एसईईमा अनुपस्थित



ताप्लेजुङ । बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ताप्लेजुङमा उनन्चास जना परीक्षार्थी अनुपस्थित भएका छन् । एसईई परीक्षामा सहभागी हुनलाई आवेदन दिएका एक हजार ८९० जना विद्यार्थीमध्ये उक्त सङ्ख्यामा परीक्षा अनुपस्थित भएका हुन् ।

जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइका अनुसार एसईईको पहिलो दिन बिहीबार भएको अनिवार्य अङ्ग्रेजी विषयको परीक्षामा २७ जना छात्र र २२ छात्रा गरी ४९ जना अनुपस्थित भएका हुन् । बाँकी एक हजार ७७९ जना विद्यार्थी अर्थात परीक्षार्थी परीक्षामा सामेल भएका शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक रामनारायण चौधरीले जानकारी दिनुभयो ।

चौधरीका अनुसार परीक्षामा सामेल भएकामध्ये ९७७ जना छात्रा र ८०२ जना छात्र रहेका छन् । पहिलो दिनको परीक्षा जिल्लाभर शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको शिक्षा विकास तथा समन्य इकाइका प्रमुख योगेश्वर भट्टराईले जानकारी दिनुभयो । एसईई सञ्चालनका लागि जिल्लामा १७ वटा परीक्षा केन्द्र रहेका थिए । gorkhapatraonline

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  १ : ३६ बजे

ताप्लेजुङ पर्यटन महोत्सव : ६ विधाको प्रतियोगिता हुने 

साहारा लङ्वा लिम्बू ताप्लेजुङ । आगामी जेठ ३ गतेबाट सुरु

कोशीका मुख्यमन्त्री कार्कीविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

कोशी प्रदेश । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध परेको रिटमा

संसद् अवरोधले नेपाली कांग्रेसलाई नै फाइदा नहुने योगेश भट्टराईको भनाई

नेकपा एमालेका सचिव योगेश भट्टराईले संसद् अवरोध गरेर नेपाली कांग्रेसलाई

सुनको भाउ घट्यो

काठाडौं । आज सुनको भाउ तोलामा आठ सय रुपैयाँले घटेको

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की अदालत जाने तयारीमा

विराटनगर । प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनको आह्वान गरेसँगै