उच्च शिक्षा अध्ययन गर्ने बिद्यार्थीका लागि ताप्लेजुङमै पहिलो पटक फक्ताङलुङले शुल्क व्यहोर्ने



ताप्लेजुङ । पाथीभरा बहुमुखी क्याम्पसको स्नातक तहमा अध्ययनरत फक्ताङलुङ गाउँपालिकाका बिद्यार्थीहरुको शुल्क पालिकाले व्यहोर्ने भएको छ ।

स्नातक तहमा अध्ययनरत फक्ताङलुङ गाउँपालिकाका बिद्यार्थीहरुको सम्पुर्ण शुल्क पालिकाकाले व्यहोर्ने गरी मंगलबार आज सम्झौता भएको क्याम्पस प्रमुख सजन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को कार्यालय व्यवस्थापनको लागि १ थान कम्प्युटर र प्रिन्टर समेत उपलब्ध गराउने सम्झौता भएको छ ।

क्याम्पसमा हाल स्नातक तहमा अध्ययनका लागि १ सय २८ जनाले आवेदन फाराम भरेको क्याम्पस प्रमुख पौडेल जानकारी दिनुभयो । पहिलो पटक स्नातक तहमा अध्ययनरत बिद्यार्थीको तथ्याङ्क संकलन गरी सम्पुर्ण शुल्क पालिकाले व्यहोर्ने गरी सम्झौता गरिएको र स्नाकोत्तर तहका लागि समेत चाँडै प्रक्रिया अगाडि बढाईने पालिकाले जनाएको छ ।

क्याम्पस प्रमुख पौडेलका अनुसार हाल क्याम्पसमा अध्ययनरत फक्ताङलुङ गाउँपालिकाका १ सय ७८ जना बिद्यार्थी रहेका छन् । स्थानीय सरकारले नै उच्च शिक्षा अध्ययनको लागि व्यवस्था गरेको यो देशमै पहिलो पटक भएको समेत क्याम्पस प्रमुख पौडेलले बताउनुभयो ।

यसअघि नाल्बुले समेत आफ्ना वडाका बिद्यार्थीहरुको शुल्क वडाले भुक्तानी गर्ने गरि वडाध्यक्ष मनोज तुम्बाहाङफेले घोषणा गर्नु भएको छ । मेरिङदेन गाउँपालिकाको ६ नं. वडा नाल्बुका बिद्यार्थीहरुको शुल्क वडाले भुक्तानी गर्ने तयारी भईरहेको छ । भुक्तानीका लागि लिखित सम्झौता भने हुने बाँकी रहेको क्याम्पस प्रमुख पौडलेको भनाई छ ।

प्रकाशित मिति : 12:50 am

मिक्वाखोलाको बजेट ४६ करोड ३३ लाख

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले ४६ करोड

पाथीभरा याङवरकको बजेट ५२ करोड ८० लाख

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले ५२

फक्ताङलुङको बजेट ५८ करोड ५५ लाख बढी, खेलाडी र पर्वतारोही सम्मानित

ताप्लेजुङ, असार १० गते । फक्ताङलुङ गाउँपालिकाले ५८ करोड ५५

फुङलिङको बजेट ७९ करोड १२ लाख

ताप्लेजुङ, असार १० गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले आगामी आर्थिक

सिरिजङ्घाको बजेट ६० करोड ४२ लाख

ताप्लेजुङ, असार १० गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आर्थिक वर्ष