उच्च शिक्षा अध्ययन गर्ने बिद्यार्थीका लागि ताप्लेजुङमै पहिलो पटक फक्ताङलुङले शुल्क व्यहोर्ने



ताप्लेजुङ । पाथीभरा बहुमुखी क्याम्पसको स्नातक तहमा अध्ययनरत फक्ताङलुङ गाउँपालिकाका बिद्यार्थीहरुको शुल्क पालिकाले व्यहोर्ने भएको छ ।

स्नातक तहमा अध्ययनरत फक्ताङलुङ गाउँपालिकाका बिद्यार्थीहरुको सम्पुर्ण शुल्क पालिकाकाले व्यहोर्ने गरी मंगलबार आज सम्झौता भएको क्याम्पस प्रमुख सजन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को कार्यालय व्यवस्थापनको लागि १ थान कम्प्युटर र प्रिन्टर समेत उपलब्ध गराउने सम्झौता भएको छ ।

क्याम्पसमा हाल स्नातक तहमा अध्ययनका लागि १ सय २८ जनाले आवेदन फाराम भरेको क्याम्पस प्रमुख पौडेल जानकारी दिनुभयो । पहिलो पटक स्नातक तहमा अध्ययनरत बिद्यार्थीको तथ्याङ्क संकलन गरी सम्पुर्ण शुल्क पालिकाले व्यहोर्ने गरी सम्झौता गरिएको र स्नाकोत्तर तहका लागि समेत चाँडै प्रक्रिया अगाडि बढाईने पालिकाले जनाएको छ ।

क्याम्पस प्रमुख पौडेलका अनुसार हाल क्याम्पसमा अध्ययनरत फक्ताङलुङ गाउँपालिकाका १ सय ७८ जना बिद्यार्थी रहेका छन् । स्थानीय सरकारले नै उच्च शिक्षा अध्ययनको लागि व्यवस्था गरेको यो देशमै पहिलो पटक भएको समेत क्याम्पस प्रमुख पौडेलले बताउनुभयो ।

यसअघि नाल्बुले समेत आफ्ना वडाका बिद्यार्थीहरुको शुल्क वडाले भुक्तानी गर्ने गरि वडाध्यक्ष मनोज तुम्बाहाङफेले घोषणा गर्नु भएको छ । मेरिङदेन गाउँपालिकाको ६ नं. वडा नाल्बुका बिद्यार्थीहरुको शुल्क वडाले भुक्तानी गर्ने तयारी भईरहेको छ । भुक्तानीका लागि लिखित सम्झौता भने हुने बाँकी रहेको क्याम्पस प्रमुख पौडलेको भनाई छ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार ००:५०

ताप्लेजुङमा बढ्यो बुढ्यौलीको सङ्ख्या  

ताप्लेजुङ । ताप्लेजुङमा बुढ्यौलीको सङ्ख्या बढेको छ । तथ्याङ्क समन्वय

सिँवा माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर, दुई सयले लिए सेवा

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं. ३ लिङखिमस्थित सिँवा

कञ्चनजंघाको दक्षिणी आधार शिवरमा टावर निर्माण गरिदिन सिरीजङ्घा गाउँपालिकाको दुरसञ्चारलाई पत्र

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले कञ्चनजंघा हिमालको दक्षिणी आधार

साहसिक यात्राका लागि कञ्चनजङ्गा हिमाल, पर्यटकको रोजाइमा

ताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा पछिल्लो समय आन्तरिक

केवलकार खारेज गर्नुपर्ने अडान कायमै रहेको नो केबलकार पक्षधरको भनाइ

ताप्लेजुङ। पाथीभरा (मुक्कुमलुङ) बचाउ अभियानमा रहेको नो केवलकार पक्षले आफ्नो