पहाडी भेगमा आज पनि वर्षा



उपत्यकासहित पहाडी भेगमा आज पनि छिटपुटदेखि हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो मौसम खुलेर केहीबेर घाम लागे पनि फेरि बदली र वर्षाको सम्भावना रहेको मौसमविद गङ्गा नगरकोटीले जानकारी दिनुभयो ।

आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा पनि पानी पर्ने सम्भावना छ । हिजो र अस्ति कोशी, मधेश, बाग्मती र गण्डकीका केही ठाउँमा पानी परेको थियो । अरू ठाउँको तुलनामा मधेश र कोशीमा धेरै पानी परेको छ ।

आज मधेश प्रदेशमा पानी पर्ने सम्भावना नभए पनि भोलि फेरि कोशी, मधेश र बाग्मती प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले जानकारी दिनुभयो ।

काठमाण्डौ उपत्यकासहित केही ठाउँमा राति र अहिले बिहान पनि हल्का पानी परेको छ । उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हिमपात भएको छ । पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षा भएको हो ।

प्रकाशित मिति : 2:32 am

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा