पहाडी भेगमा आज पनि वर्षा



उपत्यकासहित पहाडी भेगमा आज पनि छिटपुटदेखि हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो मौसम खुलेर केहीबेर घाम लागे पनि फेरि बदली र वर्षाको सम्भावना रहेको मौसमविद गङ्गा नगरकोटीले जानकारी दिनुभयो ।

आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा पनि पानी पर्ने सम्भावना छ । हिजो र अस्ति कोशी, मधेश, बाग्मती र गण्डकीका केही ठाउँमा पानी परेको थियो । अरू ठाउँको तुलनामा मधेश र कोशीमा धेरै पानी परेको छ ।

आज मधेश प्रदेशमा पानी पर्ने सम्भावना नभए पनि भोलि फेरि कोशी, मधेश र बाग्मती प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले जानकारी दिनुभयो ।

काठमाण्डौ उपत्यकासहित केही ठाउँमा राति र अहिले बिहान पनि हल्का पानी परेको छ । उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हिमपात भएको छ । पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षा भएको हो ।

प्रकाशित मिति : 2:32 am

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ