ताप्लेजुङका डिएसपी राजन लिम्बूको सरुवा



ताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजन लिम्बूको सरुवा भएको छ । गृहमन्त्रालयले डीएसपी लिम्बू सहित देशैभरका १ सय ४१ डिएसपीको सरुवा गरेको हो । 

बुधबार प्रहरी महानिरीक्षकको निर्णय अनुसार चैत महिनादेखिको तलब, भत्तासमेत हाल भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको जनाइएको छ । ताप्लेजुङबाट डीएसपी लिम्बूको सरुवा भएसँगै नयाँ डिएसपीको रुपमा रवि रावल आउने हुनु भएको छ । डीएसपी रावलको राष्ट्रिय सुरक्षा परिषद सचिवालय सिंहदरबार, काठमाडौँबाट ताप्लेजुङका लागि सरुवा भएको हो । 

ताप्लेजुङका डीएसपी लिम्बूको भने नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश अपराध समन्वय शाखा नक्साल काठमाडौँमा सरुवा भएको छ । यसअघि केही दिन अघिमात्रै प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको समेत सरुवा भएको छ । नयाँ प्रजिअको जिम्मेवारी सम्हाल्न रविन्द्र आचार्य ताप्लेजुङ आउँदै हुनुहुन्छ । 

प्रकाशित मिति : 2:24 am

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम