ताप्लेजुङमा गत वर्षको हिउँदयामको तुलनामा यो वर्ष करिब १० प्रतिशत मात्रै वर्षा



ताप्लेजुङ । ताप्लेजुङसहित पूर्वी पहाड तथा हिमाली जिल्लमा मङ्गलबार रातिदेखि वर्षा हुन थालेपछि किसानलाई राहत महसुस भएको छ । मकै बाली लगाउने समयमा वर्षा नभएपछि किसान चिन्तित थिए । लामो खडेरीका कारण समयमा मकै बाली लगाउन नपाएका किसानलाई वर्षा हुन थालेपछि राहत महसुस गरेका छन् । 

हिउँदभर वर्षा नहुँदा अधिकांश किसानले मकै बाली लगाउन पाएका थिएनन् भने मकै रोपेको ९छरेको० राम्ररी नउम्रेको र उम्रेको पनि सुक्न थालेको थियो । मङ्गलबारदेखि भने सामान्य वर्षा हुन थालेपछि मकै खेती लगायत हिउँदे बालीका लागि राहत मिलेको छ । 

ताप्लेजुङमा गत वर्षको हिउँदयामको तुलनामा यसवर्ष करिब १० प्रतिशत मात्रै वर्षा भएको छ । ताप्लेजुङमा गत पुष १६ गतेदेखि हालसम्म करिब ११.८ मात्रै वर्षा भएको छ । पछिल्लो २४ घण्टामा ८.५ मिलिमिटर वर्षा भएसँगै यस वर्षका जनवरीदेखि हालसम्म ११.८ मिलिमिटर वर्षा भएको हो । 

यस वर्षको जनवरीमा १ मिलिमिटर, फेब्रुअरीमा १.८ मिलिमिटर र मार्चको हालसम्ममा ९.५ मिलिमिटर मात्रै वर्षा भएको जल तथा मौसम विज्ञान विभागका कार्यालय प्रमुख डेभिट ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्षको फेब्रुअरीमा ३३.२ मिलिमिटर र मार्चमा ६८.५ मिलिमिटर वर्षा भएको छ । 

गत वर्षको फेब्रुअरीको तुलनामा यस वर्ष फेब्रुअरीमा करिब ५ प्रतिशत मात्रै वर्षा भएको छ । हिउँदयाम तथा सुक्खा मौसम सुरु भएसँगै यसवर्षको पहिलो पटक केही बढीमात्रामा वर्षा भएको हो ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार १४:१४

ताप्लेजुङमा पुन थपियो कफ्र्यू बिहिबार साँझ ६ बजेदेखी शुक्रबार बिहान ६ बजेसम्म लागु हुने

ताप्लेजुङ । ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन

फुङलिङ नगरपालिकाको सेवा अनिश्चितकालिन बन्द

ताप्लेजुङ । मंगलबार राति भएको तोडफोड आगजानी पछि फुङलिङ नगरपालिकाको

ताप्लेजुङमा आज १० बजेदेखी साँझ ५ बजेसम्म निषेधाज्ञा जारी

ताप्लेजुङ । ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन

ताप्लेजुङमा पनि बिहिबार बिहान ६ बजेसम्म कफ्र्यू जारी

ताप्लेजुङ । ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन

सिदिङ्वा गाउँपालिका कार्यालय तोडफोड

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको कार्यालय तोडफोड गरिएको छ ।