एसइईको सबै तयारी पूरा, ताप्लेजुङबाट करिव १९ सय विद्यार्थीले परीक्षा दिने 



ताप्लेजुङ । राष्ट्रिय परीक्षा बोर्डले यही चैत १५ गते शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यस वर्षको एसइई परीक्षाका लागि देशभर २ हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

चैत १५ गते शुरु भई २७ गते सकिने परीक्षाका लागि बोर्डले उक्त सङ्ख्यामा परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । उनका अनुसार यसवर्ष देशभरि करिब ५ लाख विद्यार्थी एसइई परीक्षामा सहभागी हुनेछन् ।

यसवर्ष पनि जापानमा एउटा परीक्षा केन्द्र निर्धारण गरिएको उनले जानकारी दिए । परीक्षाका लागि बोर्डले ५ लाख प्रश्नपत्र छापिसकेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । ५ लाख ४ हजार ४१४ जनाले परीक्षाको फाराम भरे पनि परीक्षामा केही विद्यार्थीको सङ्ख्या घट्न सक्ने उनले बताए ।

ताप्लेजुङबाट करिव १९ सय विद्यार्थीले परीक्षा दिने, १७ केन्द्र निर्धारण
 ताप्लेजुङबाट करिव १ हजार ९ सय विद्यार्थीले परीक्षा लेख्ने भएका छन् । त्यसका लागि १७ वटा परीक्षा केन्द्र निर्धारण भएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार नियमित तर्फका १ हजार ६ सय ९५, ग्रेडबृद्धित र्फका ६९ र प्राविधिक धार तर्फका १ सय २६ गरी कूल १ हजार ८ सय ९० विद्यार्थीले परीक्षा लेख्ने छन् । 

यस वर्ष नयाँ परीक्षा केन्द्र कायम भएको फक्ताङ्लुङ गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालय तापेथोकमा नियमित तर्फका ५४ विद्यार्थीले परीक्षा लेख्ने भएका छन् । 

प्रकाशित मिति : 2:04 pm

पाथीभरा याङवरक गाउँपालिकाद्धारा गोलिया काठ निकसिमा रोक

सौगात विष्टताप्लेजुङ, जेठ ६ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले

ओलाङचुङगोला भन्सार कार्यालय सञ्चालनमा

ताप्लेजुङ, जेठ ६ गते । लामो समयदेखि कर्मचारी अभावका कारण

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम 

ताप्लेजुङ, जेठ ६ गते । प्रसिद्ध शक्ति पीठ पाथीभरा मन्दिर

ओझागाउँ आधारभूत विद्यालयको नयाँ भवन उद्‌घाटन

सौगात विष्टताप्लेजुङ, जेठ ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित

फुङ्लिङ–याम्फुदिन–कञ्चनजङ्घा बेस क्याम्प सडक कालोपत्रे कार्यको शिलान्यास

ताप्लेजुङ, जेठ ४ गते । ताप्लेजुङको फुङ्लिङ (तोक्मेडाँडा)–दोखु–कामीडाँडा–थेचम्बु–चाक्सिबोटे–खाम्देम्बे–तेल्लोक–याम्फुदिन हुँदै कञ्चनजङ्घा