एसइईको सबै तयारी पूरा, ताप्लेजुङबाट करिव १९ सय विद्यार्थीले परीक्षा दिने 



ताप्लेजुङ । राष्ट्रिय परीक्षा बोर्डले यही चैत १५ गते शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यस वर्षको एसइई परीक्षाका लागि देशभर २ हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

चैत १५ गते शुरु भई २७ गते सकिने परीक्षाका लागि बोर्डले उक्त सङ्ख्यामा परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । उनका अनुसार यसवर्ष देशभरि करिब ५ लाख विद्यार्थी एसइई परीक्षामा सहभागी हुनेछन् ।

यसवर्ष पनि जापानमा एउटा परीक्षा केन्द्र निर्धारण गरिएको उनले जानकारी दिए । परीक्षाका लागि बोर्डले ५ लाख प्रश्नपत्र छापिसकेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । ५ लाख ४ हजार ४१४ जनाले परीक्षाको फाराम भरे पनि परीक्षामा केही विद्यार्थीको सङ्ख्या घट्न सक्ने उनले बताए ।

ताप्लेजुङबाट करिव १९ सय विद्यार्थीले परीक्षा दिने, १७ केन्द्र निर्धारण
 ताप्लेजुङबाट करिव १ हजार ९ सय विद्यार्थीले परीक्षा लेख्ने भएका छन् । त्यसका लागि १७ वटा परीक्षा केन्द्र निर्धारण भएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार नियमित तर्फका १ हजार ६ सय ९५, ग्रेडबृद्धित र्फका ६९ र प्राविधिक धार तर्फका १ सय २६ गरी कूल १ हजार ८ सय ९० विद्यार्थीले परीक्षा लेख्ने छन् । 

यस वर्ष नयाँ परीक्षा केन्द्र कायम भएको फक्ताङ्लुङ गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालय तापेथोकमा नियमित तर्फका ५४ विद्यार्थीले परीक्षा लेख्ने भएका छन् । 

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार १४:०४

केबलकार विवाद : पक्राउ परेका तिन जना रिहा

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा निर्माणाधीन केबलकारको विरोधमा

सिंहपुर पशुपति माध्यमिक विद्यालयलाई तीन लाख ८२ हजार बढिको गणेश र सरस्वतीको मूर्ति प्रदान 

रेडियो काबेली । सिंहपुर पशुपति माध्यमिक विद्यालयलाई तीन लाख ८२

नौ जिल्लाको यातायात बन्द फिर्ता, पुनःबार्ता माघ २७ गते बस्ने

 ताप्लेजुङ । पाथीभरा मुक्कुमलुङ क्षेत्रको केबलकार निर्माणको विषयमा देखिएको विवाद

रेडियो काबेली सञ्चालक समितिका अध्यक्ष लिबाङ् सहित तीन जना पत्रकार पुरस्कृत 

ताप्लेजुङ । रेडियो काबेलीका सञ्चालक समितिका अध्यक्ष लोकेश लिबाङ् सहित

पाथीभरा केबलकार विवाद : एक सातादेखि यातायात ठप्प, जनजीवन प्रभावित

फुङ्लिङ । पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा एक सातादेखि जारी यातायात