चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु



पाँचथर। पाँचथरको हिलिहाङ गाउँपालिकास्थित गोपेटार प्रहरी चौकीमा कार्यरत एक प्रहरी सहायक हवल्दारको चट्याङ लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङको ग्रामथान गाउँपालिका–४ घर भएका ३५ बर्षीय प्रहरी सहायक हवल्दार पाण्डव कुमार माझी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । मंगलबार गस्ती गरिरहेको अवस्थामा हावाहुरी र चट्याङसँगै पानी परेकाले कार्यालयमा फर्किएर ढोकामा उभिरहेको अवस्थामा उनलाई चट्याङको झड्का लागेको थियो ।

चट्याङको झड्का लागेर घाइते भएका उनलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो। उनको फिदिमस्थित जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : 10:56 am

मेरिङदेन गाउँपालिकाको बजेट ४७ करोड ४२ लाख, पालिकासम्म कालोपत्रे सडक पुर्‍याउने प्राथमिकता

ताप्लेजुङ, असार ९ गते । मेरिङदेन गाउँपालिकाले आर्थिक वर्ष २०८३–०८४

मैवाखोलाको बजेट ४३ करोड ६१ लाख

ताप्लेजुङ , असार ९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आर्थिक

पाथीभरा संरक्षण समितिको अध्यक्षमा सुरेश लिम्बू

ताप्लेजुङ, असार ९ गते । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण

कृषि ज्ञान केन्द्र ताप्लेजुङद्धारा एग्रोभेट तथा विषादी व्यवसायीसँग अन्तरक्रिया

ताप्लेजुङ, असार ९ गते ।  कृषि ज्ञान केन्द्र ताप्लेजुङले जिल्लामा

ताप्लेजुङका तीन स्थानीय तहले बजेट ल्याउँदै

ताप्लेजुङ, असार ९ गते । ताप्लेजुङका तीन स्थानीय तहले मङ्गलबार