आजपनि ओरालो लाग्यो सुनको भाउ



काठमाडौं । आइतबार तोलामा ४ सय रुपैयाँ घटेको सुन सोमबार थप ५ सय रुपैयाँ घटेको छ । आइतबार प्रतितोला १ लाख २५ हजार रुपैयाँमा सुनको कारोबार भएकोमा सोमबार १ लाख २४ हजार ५ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

उच्च रेकर्ड बनाएपछि सुनको मूल्य क्रमिक रुपमा ओरालो लागेको छ । ७ दिनमा तोलामा १५ सय रुपैयाँले मूल्य घटेको छ । गत सोमबार र मंगलबार तोलाको १ लाख २६ हजार रुपैयाँमा कारोबार भई हालसम्मकै उच्च मूल्य रेकर्ड बनेको थियो । त्यसयता मूल्य क्रमिक रुपमा झरेको छ ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको छ । महासंघका अनुसार अघिल्लो दिन तोलाको १५३० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १५२० रुपैयाँमा कायम भएको छ ।

प्रकाशित मिति : 5:32 am

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि

ताप्लेजुङमा मतदानको तयारी पूरा

ताप्लेजुङ, फागुन २० गते । विहीबार हुने प्रतिनिधि सभा निर्वाचनका