पाथीभरा याङवरक गाउँपालिकामा २ दिनमा ४ ओटा घर जलेर नष्ट



ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकामा २ दिनमा ४ ओटा घर जलेर नष्ट भएका छन् । जङ्गलबाट आएको आगोले घर जलाएको हो । 

शनिबार आज भीरबाट आएको आगो स्थानीय अमृत बस्नेतको घरमा पस्दा मतान सहित घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक ९डिएसपी० राजन लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार बस्नेतको घरमा आगलागी हुँदा करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ । 

घरमा रहेको सुनचाँदी, नगद लत्ताकपडा, खाद्यान्न जलेर नष्ट हुँदा सो रकम बराबरको क्षति भएको प्रहरीको भनाई छ । बस्नेतको ढुङ्गा माटोले बनेको ३ तले घरमा आगलागी भएको हो । 

यस्तै शुक्रबार सोही पालिकाको वडा नं. ४ डुम्रिसे निवासी चन्द्रबहादुर साम्सोहाङ र मंगलसिंह साम्सोहाङको ३ तले दुई वटा घर र गोठहरू समेत जलेर नष्ट भएको स्थानीय टिका न्यौपानेले जानकारी दिनुभयो । दुई परिवारको गरि ५० लाख भन्दा बढीको क्षति भएको स्थानीयले बताएका छन् ।  

सुक्खायाम सुरु भएसँगै ताप्लेजुङमा आगलागीका घटना तिव्र रुपमा भइरहेको छ । यसअघि मेरिङदेन गाउँपालिका २ सान्थाक्रा र मिक्वाखोला २ खोक्लिङमा पनि जङ्गलबाट आएको आगोले बस्तीका घर जलाएको डिभिजन बन कार्यालय ताप्लेजुङ जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार १३:०५

ताप्लेजुङमा पुन थपियो कफ्र्यू बिहिबार साँझ ६ बजेदेखी शुक्रबार बिहान ६ बजेसम्म लागु हुने

ताप्लेजुङ । ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन

फुङलिङ नगरपालिकाको सेवा अनिश्चितकालिन बन्द

ताप्लेजुङ । मंगलबार राति भएको तोडफोड आगजानी पछि फुङलिङ नगरपालिकाको

ताप्लेजुङमा आज १० बजेदेखी साँझ ५ बजेसम्म निषेधाज्ञा जारी

ताप्लेजुङ । ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन

ताप्लेजुङमा पनि बिहिबार बिहान ६ बजेसम्म कफ्र्यू जारी

ताप्लेजुङ । ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन

सिदिङ्वा गाउँपालिका कार्यालय तोडफोड

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको कार्यालय तोडफोड गरिएको छ ।