फक्ताङ्लुङमा बृहत शिविर : १६ सयले लिए निःशुल्क स्वास्थ्य सेवा



ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा सञ्चालित बृहत स्वास्थ्य शिविरमार्फत एकहजार पाँचसय बढीले सेवा प्राप्त गरेका छन् । एकएक पाइलाको प्राविधिक सहयोग तथा गाउँपालिकाको आयोजनामा सञ्चालित तीन दिने निःशुल्क शिविरमार्फत उक्त सङ्ख्यामा सेवाग्राहीले स्वास्थ्य सेवा लिएका हुन् ।

फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार शिविरमार्फत कुल एकहजार ६७२ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको तापेथोकमा मंगलबार, बुधबार र बिहीबार तीन दिन बृहत स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । शिविरमार्फत पालिकाभित्र र आसपास क्षेत्रका सेवाग्राही समेतले स्वास्थ्य सेवा प्राप्त गरेका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।

उहाँकाअनुसार शिविरको पहिलो दिन ५०८ जना, दोस्रो दिन ६५२ जना र तेस्रो दिन ५१२ जनाले स्वास्थ्य सेवा लिएका थिए । साधारण शल्यक्रियासहित स्त्री तथा प्रसूति सेवा, नाक, कान, घाँटीसम्बन्धी सेवा, छाला रोग सेवा, कजेलोसम्बन्धी रोग भएका बिरामीले परीक्षण तथा उपचार सेवा प्राप्त गरेका छन् ।

यस्तै मोतिविन्दु भएको आँखाका बिरामीले शल्यक्रिया सेवा प्राप्त गरेका छन् भने दाँत, हाड तथा जोर्नीमा समस्या भएका विरामीले शिविरमार्फत उपचार सेवा प्राप्त गरेका गाउँपालिकाले जनाएको छ । बृहत शिविरमार्फत जेनेरल मेडिसिन, प्याथोलोजी, रेडियोलोजी, इन्डोस्कोपी र बाल रोगसम्बन्धी सेवा प्रवाह भएको गाउँपालिकाका उपाध्यक्ष रवीन साम्रा (विकास) ले जानकारी दिनुभयो ।

शिविरमा डा. नेइल पाण्डे, डा. सविना शाह पहरी, डा. मधु तुम्बाहाम्फे, डा. अमित श्रेष्ठ, डा. कृष्ण केसीसहित १८ जना विशेषज्ञ चिकित्सकसहित ४२ जनाको स्वास्थ्य टोलीले सेवा प्रवाह गर्नुभएको थियो ।

प्रकाशित मिति : 1:57 pm

मेरिङदेन गाउँपालिकाको बजेट ४७ करोड ४२ लाख, पालिकासम्म कालोपत्रे सडक पुर्‍याउने प्राथमिकता

ताप्लेजुङ, असार ९ गते । मेरिङदेन गाउँपालिकाले आर्थिक वर्ष २०८३–०८४

मैवाखोलाको बजेट ४३ करोड ६१ लाख

ताप्लेजुङ , असार ९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आर्थिक

पाथीभरा संरक्षण समितिको अध्यक्षमा सुरेश लिम्बू

ताप्लेजुङ, असार ९ गते । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण

कृषि ज्ञान केन्द्र ताप्लेजुङद्धारा एग्रोभेट तथा विषादी व्यवसायीसँग अन्तरक्रिया

ताप्लेजुङ, असार ९ गते ।  कृषि ज्ञान केन्द्र ताप्लेजुङले जिल्लामा

ताप्लेजुङका तीन स्थानीय तहले बजेट ल्याउँदै

ताप्लेजुङ, असार ९ गते । ताप्लेजुङका तीन स्थानीय तहले मङ्गलबार