दुई हप्तामा ताप्लेजुङका १६ ठाउँमा डढेलो



ताप्लेजुङ। ताप्लेजुङमा पछिल्लो दुई हप्ताभित्र १६ वटा डढेलो (आगलागी) का घटना भएका छन्। सुख्खा मौसमसँगै यहाँका राष्ट्रिय तथा सामुदायिक वनमा एकपछि अर्को गर्दै डढेलोका घटना भएका हुन्।

डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार गत फागुन १४ गते सोमबारदेखि बिहीबार सम्ममा नौवटा सामुदायिक वन र सात वटा राष्ट्रिय वनमा डढेलो लागेको छ। वन जङ्गल नै सखाप हुनेगरी डढेलोका घटना हुन थालेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत प्रमेश्वर पासवानले जानकारी दिनुभयो।

सहायक वन अधिकृत पासवानका अनुसार यसवर्ष पहिलोपटक फागुन १४ गते मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रास्थित मुरुमी चिहानडाँडा सामुदायिक वनमा डढेलो लागेको थियो। त्यसपछि फागुन १६ गते फुङ्लिङ नगरपालिका–८ दोखुको राष्ट्रिय वनमा डढेलो लागेको छ। फागुन २४ गते एकैदिन चारवटा वनमा डढेलो लागेको पासवानले जानकारी दिनुभयो।

उक्त दिन मेरिङ्देन गाउँपालिका–४ लिङ्तेप र वडा ५ थुकिमामा रहेको राष्ट्रिय वनमा डढेलो लागेको थियो। यस्तै मिक्वाखोला गाउँपालिका–३ लिबाङस्थित सिनाबुङ सरजा सामुदायिक वन र वडा ४ साँवाको आइखालम्ब्याक सामुदायिक वनमा डढेलो लागेको थियो।

डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार फागुन २५ गते मिक्वाखोला गाउँपालिका–१ खोक्लिङको कार्तिपाखा सामुदायिक वन र वडा ४ साँवाको मानाभरा सामुदायिक वनमा डढेलो लागेको छ। त्यसैगरी फागुन २६ गते मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित तेस्रेकाली सामुदायिक वन र वडा ५ पापुङको हिमाली जडीबुटी सामुदायिक वनमा डढेलो लागेको छ।

फागुन २७ गते पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङको त्रिबेणी सामुदायिक वनमा डढेलो लागेको छ। त्यस्तै फागुन २९ गते पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङकै खैरेनी सामुदायिक वनमा डढेलो लागेको थियो भने सोही दिन फक्ताङ्लुङ गाउँपालिका–१ सावादिनस्थित राष्ट्रिय वनमा डढेलो लागेको छ।

वन कार्यालयको तथ्याङ्कअनुसार नै फागुन ३० गते सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिनमा रहेको राष्ट्रिय वनमा डढेलो लागेको छ। चैत १ गते बिहीबार सिदिङ्वा गाउँपालिकाकै वडा ६ मेहेलेको राष्ट्रिय वन र फुङ्लिङ नगरपालिका–८ दोखुको राष्ट्रिय वनमा डढेलो लागेको छ।

बिहीबारसम्म विभिन्न ठाउँमा गरी करिव ४९३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको डिभिजन वन कार्यालयका प्रमुख बद्रीप्रसाद साहले जानकारी दिनुभयो।gorkhapatraonline.com

प्रकाशित मिति : 1:51 pm

पाथीभरा याङवरक गाउँपालिकाद्धारा गोलिया काठ निकसिमा रोक

सौगात विष्टताप्लेजुङ, जेठ ६ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले

ओलाङचुङगोला भन्सार कार्यालय सञ्चालनमा

ताप्लेजुङ, जेठ ६ गते । लामो समयदेखि कर्मचारी अभावका कारण

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम 

ताप्लेजुङ, जेठ ६ गते । प्रसिद्ध शक्ति पीठ पाथीभरा मन्दिर

ओझागाउँ आधारभूत विद्यालयको नयाँ भवन उद्‌घाटन

सौगात विष्टताप्लेजुङ, जेठ ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित

फुङ्लिङ–याम्फुदिन–कञ्चनजङ्घा बेस क्याम्प सडक कालोपत्रे कार्यको शिलान्यास

ताप्लेजुङ, जेठ ४ गते । ताप्लेजुङको फुङ्लिङ (तोक्मेडाँडा)–दोखु–कामीडाँडा–थेचम्बु–चाक्सिबोटे–खाम्देम्बे–तेल्लोक–याम्फुदिन हुँदै कञ्चनजङ्घा