दुई हप्तामा ताप्लेजुङका १६ ठाउँमा डढेलो



ताप्लेजुङ। ताप्लेजुङमा पछिल्लो दुई हप्ताभित्र १६ वटा डढेलो (आगलागी) का घटना भएका छन्। सुख्खा मौसमसँगै यहाँका राष्ट्रिय तथा सामुदायिक वनमा एकपछि अर्को गर्दै डढेलोका घटना भएका हुन्।

डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार गत फागुन १४ गते सोमबारदेखि बिहीबार सम्ममा नौवटा सामुदायिक वन र सात वटा राष्ट्रिय वनमा डढेलो लागेको छ। वन जङ्गल नै सखाप हुनेगरी डढेलोका घटना हुन थालेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत प्रमेश्वर पासवानले जानकारी दिनुभयो।

सहायक वन अधिकृत पासवानका अनुसार यसवर्ष पहिलोपटक फागुन १४ गते मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रास्थित मुरुमी चिहानडाँडा सामुदायिक वनमा डढेलो लागेको थियो। त्यसपछि फागुन १६ गते फुङ्लिङ नगरपालिका–८ दोखुको राष्ट्रिय वनमा डढेलो लागेको छ। फागुन २४ गते एकैदिन चारवटा वनमा डढेलो लागेको पासवानले जानकारी दिनुभयो।

उक्त दिन मेरिङ्देन गाउँपालिका–४ लिङ्तेप र वडा ५ थुकिमामा रहेको राष्ट्रिय वनमा डढेलो लागेको थियो। यस्तै मिक्वाखोला गाउँपालिका–३ लिबाङस्थित सिनाबुङ सरजा सामुदायिक वन र वडा ४ साँवाको आइखालम्ब्याक सामुदायिक वनमा डढेलो लागेको थियो।

डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार फागुन २५ गते मिक्वाखोला गाउँपालिका–१ खोक्लिङको कार्तिपाखा सामुदायिक वन र वडा ४ साँवाको मानाभरा सामुदायिक वनमा डढेलो लागेको छ। त्यसैगरी फागुन २६ गते मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित तेस्रेकाली सामुदायिक वन र वडा ५ पापुङको हिमाली जडीबुटी सामुदायिक वनमा डढेलो लागेको छ।

फागुन २७ गते पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङको त्रिबेणी सामुदायिक वनमा डढेलो लागेको छ। त्यस्तै फागुन २९ गते पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङकै खैरेनी सामुदायिक वनमा डढेलो लागेको थियो भने सोही दिन फक्ताङ्लुङ गाउँपालिका–१ सावादिनस्थित राष्ट्रिय वनमा डढेलो लागेको छ।

वन कार्यालयको तथ्याङ्कअनुसार नै फागुन ३० गते सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिनमा रहेको राष्ट्रिय वनमा डढेलो लागेको छ। चैत १ गते बिहीबार सिदिङ्वा गाउँपालिकाकै वडा ६ मेहेलेको राष्ट्रिय वन र फुङ्लिङ नगरपालिका–८ दोखुको राष्ट्रिय वनमा डढेलो लागेको छ।

बिहीबारसम्म विभिन्न ठाउँमा गरी करिव ४९३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको डिभिजन वन कार्यालयका प्रमुख बद्रीप्रसाद साहले जानकारी दिनुभयो।gorkhapatraonline.com

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार १३:५१

ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी तालिम सुरु

ताप्लेजुङ । ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका

ताप्लेजुङमा बजार अनुगमन तिव्रता

ताप्लेजुङ । ताप्लेजुङमा बजार अनुगमनलाई तिव्रता दिइएको छ । मापदण्ड

रिडद्धारा विद्यालय, शिक्षक र व्यवस्थापन समिति पुरस्कृत

ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले

धान दिवसमा रोपाइ

ताप्लेजुङ । ताप्लेजुङको बहानन्दे कञ्चनजङ्घा कृषि फर्ममा धान दिवस मनाइएको