इलाम-२ मा पहिचान पक्षधरको साझा उम्मेदवार डकेन्द्रसिंह थेगिम



‘कोशी’ नामविरुद्व आन्दोलनरत पहिचान पक्षधरहरुले आसन्न इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उपनिर्वाचनमा साझा उम्मेदवार घोषणा गरेका छन् । प्रदेश नम्बर एक पुनः नामकरण संयुक्त संघर्ष समितिले काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै साझा उम्मेदवारका रुपमा डकेन्द्रसिंह थेगिम लिम्बूलाई अगाडि सार्ने उद्घोष गरेका हुन् ।

संघर्ष समितिमा किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खा सहितका ४१ वटा घटक सहभागी छन् । उनीहरुले साझा उम्मेदवारका रुपमा अगाडि सारेका थेगिमसँग शिक्षण गरेको अनुभव छ । उनी संघर्ष समितिका अध्यक्ष पनि हुन् ।

‘उपनिर्वाचनलाई आन्दोलनकै रूपमा उपयोग गर्ने गरी डकेन्द्रसिंह थेगिम लिम्बूलाई साझा उम्मेदवार बनाउने निर्णय गरिएको छ,ु विज्ञप्तिमा भनिएको छ । थेगिमले पहिचानलाई नामेट पार्न कोसिस गरिएको भन्दै त्यसका विरुद्ध पहिचानको पक्षमा आफ्नो उम्मेदवारी रहेको बताए ।

त्यस अवसरमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा, किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राई, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वा, किरात याक्थुङ चुम्लुङले स्वतन्त्र उम्मेदवारका रुपमा पहिचान पक्षधरले डकेन्द्रसिंह थेगिम लिम्बूलाई उम्मेदवारका रुपमा अगाडि बढाइएको बताए ।

उनीहरूले पहिचानको आन्दोलन जारी रहेको भन्दै इलाम २ मा हुन गइरहेको उपनिर्वाचनलाई आफूहरूले प्रयोगका रुपमा लिएको समेत बताएका थिए । इलाम २ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । त्यसका लागि चैत २४ गते उम्मेदवारी दर्ता गर्ने गरी निर्वाचन आयोगले चुनावी तालिका सार्वजनिक गरिसकेको छ ।

गत निर्वाचनमा निर्वाचित नेकपा एमालेका तर्फबाट चुनाव जितेका उम्मेदवार सुवाषचन्द्र नेम्वाङको निधन भएपछि रिक्त इलाम २ मा उपनिर्वाचन हुन लागेको हो ।ekantipur.com

प्रकाशित मिति : 1:04 am

मानाभरा गोल्डकप : लिङ्तेपलाई पराजित गर्दै हाङ्देवा सेमिफाइनलमा 

ताप्लेजुङ, पुस १७ गते । नवप्रयास युथ क्लब हाङ्देवा फक्ताङ्लुङ

ताप्लेजुङ गोल्ड कपलाई ५ लाख बढी नाफा 

ताप्लेजुङ, पुस १७ गते । लाखेजात्रा सञ्चालन समितिले तेश्रो संस्करणको

आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले घट्यो

ताप्लेजुङ, पुस १७ गते । पुस १३ गते कीर्तिमान बनेको

सानिमा मिडल तमोर जलविद्युतको उत्पादन तीन सातादेखि ठप्प 

ताप्लेजुङ, पुस १७ गते । ७३ मेगावट क्षमताको सानिमा मिडल

ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान थप

ताप्लेजुङ, पुस १७ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान