इलाम-२ मा पहिचान पक्षधरको साझा उम्मेदवार डकेन्द्रसिंह थेगिम



‘कोशी’ नामविरुद्व आन्दोलनरत पहिचान पक्षधरहरुले आसन्न इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उपनिर्वाचनमा साझा उम्मेदवार घोषणा गरेका छन् । प्रदेश नम्बर एक पुनः नामकरण संयुक्त संघर्ष समितिले काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै साझा उम्मेदवारका रुपमा डकेन्द्रसिंह थेगिम लिम्बूलाई अगाडि सार्ने उद्घोष गरेका हुन् ।

संघर्ष समितिमा किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खा सहितका ४१ वटा घटक सहभागी छन् । उनीहरुले साझा उम्मेदवारका रुपमा अगाडि सारेका थेगिमसँग शिक्षण गरेको अनुभव छ । उनी संघर्ष समितिका अध्यक्ष पनि हुन् ।

‘उपनिर्वाचनलाई आन्दोलनकै रूपमा उपयोग गर्ने गरी डकेन्द्रसिंह थेगिम लिम्बूलाई साझा उम्मेदवार बनाउने निर्णय गरिएको छ,ु विज्ञप्तिमा भनिएको छ । थेगिमले पहिचानलाई नामेट पार्न कोसिस गरिएको भन्दै त्यसका विरुद्ध पहिचानको पक्षमा आफ्नो उम्मेदवारी रहेको बताए ।

त्यस अवसरमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा, किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राई, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वा, किरात याक्थुङ चुम्लुङले स्वतन्त्र उम्मेदवारका रुपमा पहिचान पक्षधरले डकेन्द्रसिंह थेगिम लिम्बूलाई उम्मेदवारका रुपमा अगाडि बढाइएको बताए ।

उनीहरूले पहिचानको आन्दोलन जारी रहेको भन्दै इलाम २ मा हुन गइरहेको उपनिर्वाचनलाई आफूहरूले प्रयोगका रुपमा लिएको समेत बताएका थिए । इलाम २ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । त्यसका लागि चैत २४ गते उम्मेदवारी दर्ता गर्ने गरी निर्वाचन आयोगले चुनावी तालिका सार्वजनिक गरिसकेको छ ।

गत निर्वाचनमा निर्वाचित नेकपा एमालेका तर्फबाट चुनाव जितेका उम्मेदवार सुवाषचन्द्र नेम्वाङको निधन भएपछि रिक्त इलाम २ मा उपनिर्वाचन हुन लागेको हो ।ekantipur.com

प्रकाशित मिति : 1:04 am

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि

प्रहरीको आयोजनामा दौड प्रतियोगिता

ताप्लेजुङ, चैत २२ गते । जिल्ला प्रहरी कार्यालयले हरित पैदल

आईटी एकेडेमीबाट दीक्षित भएका प्रशिक्षार्थीलाई प्रमाणपत्र 

 ताप्लेजुङ, चैत १९ गते । ताप्लेजुङमा रहेको एक मात्र आईटी

मेरिङ्देन गाउँपालिकाले स्नातक तह अध्ययन गर्ने विद्यार्थीको शुल्क तिरिदिने 

ताप्लेजुङ, चैत १८ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले उच्च शिक्षा

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ