पाथीभरामा केबलकार निर्माणका लागि उपयुक्त वातावरण बनाउन ताप्लेजुङका निजी क्षेत्रको माग



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । पाथीभरा मुक्कुलुङमा क्षेत्रमा केबलकार निर्माणका लागि उपयुक्त वातावरण बनाउन ताप्लेजुङका निजी क्षेत्रहरूले साझा धारणा सार्वजनिक गरेका छन् । आज ताप्लेजुङ उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ र होटल व्यवसायी संघले एक विज्ञप्ति जारी गर्दै उक्त धारणा सार्वजनिक गरेका हुन् ।

जारी साझा धारणा पत्रमा लगभग तीन अर्बको लगानीमा निर्माण हुने चरणमा रहेको केबलकारले यस जिल्लाको आर्थिक विकासमा ठूलो योगदान साथै थप नयाँ पर्यटकीय क्षेत्रहरूको विकास र प्रवर्द्धनमा सहयोग निश्चित हुने उल्लेख गरिएको छ । 

यस्तो गौरवको योजनामा सबै पक्ष जिम्मेवार भइ सहजीकरण गर्नु पर्ने र शान्ति सुरक्षाको प्रत्याभूति सहित वार्ता तथा संवादको माध्यमबाट राज्यको तर्फबाट लगानी मैत्री वातावरण सिर्जना गर्नु पर्ने आम निजी क्षेत्रको बुझाइ भएकोले उक्त क्षेत्रमा केबलकार निर्माणका लागि सहज वातावरण बनाउँन आग्रह गरिएको छ । 

केबलकार निर्माणको प्रक्रिया अघि बढे सँगै आन्दोलनरत पक्षहरूले विरोधलाई तिव्रता दिए पछि निजी क्षेत्रहरूले उक्त धारणा सार्वजनिक गरेका हुन् । गत मंगलबार फेदी क्षेत्रमा प्रस्थान गरेका शसस्त्र प्रहरीको टोली समेत फिर्ता भएका छन् । आन्दोलनरत युवाहरूले सो क्षेत्रमा सुरक्षाको कुनै आवश्यकता महसूस नभएको भन्दै शसस्त्र प्रहरीहरूलाई उक्त क्षेत्रबाट फिर्ता पठाइएको दावी गरेका छन् । 

शान्ति सुरक्षालाई मध्यनजर गर्दै तत्कालका लागि प्रहरीको टोली फिर्ता बोलाइएको प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको भनाई छ । 

प्रकाशित मिति : 10:56 am

चीन सरकारले दियो मेरिङ्देनलाई स्काभेटर 

ताप्लेजुङ, कात्तिक ११ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले चीन सरकारबाट

ताप्लेजुङ युके युवा समाजद्धारा क्यान्सर तथा मिर्गौला पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङ युके युवा समाज बेलायतले

फङ्फङदेन झरना पर्यटन मेला मंसिर २ देखि, फुटबल विजेतालाई तीन लाख बराबरको अलैँची

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले