पाथीभरामा केबलकार निर्माणका लागि उपयुक्त वातावरण बनाउन ताप्लेजुङका निजी क्षेत्रको माग



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । पाथीभरा मुक्कुलुङमा क्षेत्रमा केबलकार निर्माणका लागि उपयुक्त वातावरण बनाउन ताप्लेजुङका निजी क्षेत्रहरूले साझा धारणा सार्वजनिक गरेका छन् । आज ताप्लेजुङ उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ र होटल व्यवसायी संघले एक विज्ञप्ति जारी गर्दै उक्त धारणा सार्वजनिक गरेका हुन् ।

जारी साझा धारणा पत्रमा लगभग तीन अर्बको लगानीमा निर्माण हुने चरणमा रहेको केबलकारले यस जिल्लाको आर्थिक विकासमा ठूलो योगदान साथै थप नयाँ पर्यटकीय क्षेत्रहरूको विकास र प्रवर्द्धनमा सहयोग निश्चित हुने उल्लेख गरिएको छ । 

यस्तो गौरवको योजनामा सबै पक्ष जिम्मेवार भइ सहजीकरण गर्नु पर्ने र शान्ति सुरक्षाको प्रत्याभूति सहित वार्ता तथा संवादको माध्यमबाट राज्यको तर्फबाट लगानी मैत्री वातावरण सिर्जना गर्नु पर्ने आम निजी क्षेत्रको बुझाइ भएकोले उक्त क्षेत्रमा केबलकार निर्माणका लागि सहज वातावरण बनाउँन आग्रह गरिएको छ । 

केबलकार निर्माणको प्रक्रिया अघि बढे सँगै आन्दोलनरत पक्षहरूले विरोधलाई तिव्रता दिए पछि निजी क्षेत्रहरूले उक्त धारणा सार्वजनिक गरेका हुन् । गत मंगलबार फेदी क्षेत्रमा प्रस्थान गरेका शसस्त्र प्रहरीको टोली समेत फिर्ता भएका छन् । आन्दोलनरत युवाहरूले सो क्षेत्रमा सुरक्षाको कुनै आवश्यकता महसूस नभएको भन्दै शसस्त्र प्रहरीहरूलाई उक्त क्षेत्रबाट फिर्ता पठाइएको दावी गरेका छन् । 

शान्ति सुरक्षालाई मध्यनजर गर्दै तत्कालका लागि प्रहरीको टोली फिर्ता बोलाइएको प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको भनाई छ । 

प्रकाशित मिति : 10:56 am

पाथीभराबाट साढे ४६ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, असार ३ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

आठराई त्रिवेणीलाई पुसभित्र फुसको छानोमुक्त पालिका घोषणा गरिने

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आगामी

अन्तरजातीय विवाह गर्ने ११ दम्पती सम्मानित

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय

ताप्लेजुङमा महिलालाई आत्मनिर्भर बनाउन सिजनल सयपत्री फूल खेती तालिम 

सौगात विष्टताप्लेजुङ, असार २ गते । महिलाको आर्थिक सशक्तीकरण र

ताप्लेजुङ गोल्ड कपको तयारी सुरु

ताप्लेजुङ, जेठ ३१ गते । ताप्लेजुङ गोल्ड कपको चौथो संस्करण