सिदिङ्वा गाउँपालिकाका अधिकारी न्यायिक सिकाइ अवलोकन भ्रमणका लागि काठमाडौंमा



महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले स्थानीय विवाद निरूपणका लागि न्यायिक समितिसँगै मेलमिलापकर्ताको संयुक्त प्रयास हुनुपर्ने बताउनुभएको छ ।

महानगरपालिकाले न्यायिक निरूपणका लागि अवलम्बन गरेको अभ्यास र सिकाइ बुझ्न ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाबाट आएका न्यायिक समिति सदस्य र मेलमिलापकर्ताको टोलीसँग आफ्ना अभ्यासका बारेमा जानकारी गराउँदै उपमेयर डङ्गोलले यस्तो बताउनुभएको हो ।

उहाँले ठाउँ, भूगोल, सामाजिक तथा सांस्कृतिक अवस्थाअनुसार विवादका प्रकृति फरक हुन सक्ने भए पनि मेलमिलाप गराउने पद्धति साझा हुन सक्ने बताउनुभयो । उपमेयर डङ्गोलले वडामा विवाद दर्ता गर्ने प्रणाली, महिला सञ्जालमा मेलमिलापकर्ताबाट मेलमिलाप गराउने प्रणाली, निःशुल्क कानुनी सेवाको अभ्यास गरेको बताउनुभयो ।

भेटमा सिदिङ्वा गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी कँडरियाले आफूहरूले पनि वडामै विवाद दर्ता गराउन चाहेको र यो सोचलाई महानगरको अभ्यासले सहयोग गरेको बताउनुभयो । महानगरको न्यायिक समिति सदस्य एवम् वडा नम्बर २९ का अध्यक्ष कुश ढकालले वडामै विवाद समाधान हुने गरेका कारण केन्द्र र जिल्ला अदालतमा कम मुद्दा पुग्ने गरेको बताउनुभयो ।

प्रकाशित मिति : 2:17 pm

वन पैदावार व्यवसायी सङ्घको अध्यक्षमा राई 

ताप्लेजुङ, मंसिर १७ गते । वन पैदावार व्यवसायी सङ्घ ताप्लेजुङको

फुङलिङ नगरपालिका सेसेलुङ महिला गोल्डकपको फाइनलमा 

ताप्लेजुङ, मंसिर १७ गते । फुङलिङ नगरपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा

सेसेलुङ महिला गोल्डकप : आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै 

ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

दोस्रो साङधुङगे माङ्गेना कप : आज चार खेल सम्पन्न 

ताप्लेजुङ, मंसिर १६ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

पूर्व मन्त्रीसहित ताप्लेजुङका दुई नेतालाई एमालेद्वारा निलम्बन

ताप्लेजुङ, मंसिर १६ गते । नेकपा एमालेले ताप्लेजुङका दुई नेतालाई