ओलाङचुङगोलाका ज्येष्ठ नागरिकलाई न्यानो सिरक 



ताप्लेजुङ, माघ २१ गते । ताप्लेजुङको उत्तरी हिमाली क्षेत्र ओलाङचुङगोलाका ज्येष्ठ नागरिक र फरक क्षमता भएका २० जनालाई न्यानो सिरक प्रदान गरेको छ । सिद्धार्थ बैङ्क लिमिटेड फुङलिङ शाखाले ओलाङचुङगोलाका ज्येष्ठ नागरिक र फरक क्षमता भएका २० जनालाई न्यानो सिरक प्रदान गरेको हो । 

दुर्गम तर महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा समेत परिचित फक्ताङलुङ गाउँपालिका–७ मा पर्ने ओलाङचुङगोलामा पुगी बैङ्कका प्रतिनिधिले संस्थागत सामाजिक उत्तर दायित्व अन्तरगत ५० हजार मूल्य बराबरको न्यानो सिरक बितरण गरिएको सिद्धार्थ बैंक लिमिटेडको फुङलिङ शाखाका प्रबन्धक घनेन्द्र गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाअध्यक्ष छेतेन वालुङ शेर्पालगायत स्थानीयहरुको उपस्थिति रहेको थियो । 

 वडाअध्यक्ष शेर्पाले दुर्गम गाउँका स्थानीयको आवश्यकतालाई मध्यनजर गर्दै गरिएको सहयोगप्रति सहयोगी निकायलाई आभार व्यक्त गर्नु भएको छ । समुद्र सतहबाट करिव ३ हजार २ सय मिटर उचाइमा रहेको ओलाङचुङगोला ऐतिहासिक स्थलको रुपमा परिचित छ ।

करिव ५ सय वर्ष पुरानो दिकी छ्योलिङ गुम्बा रहेको ओलाङचुङगोला पर्यटकीय क्षेत्रले पनि परिचित छ । ओलाङचुङगोलाबाट नेपाल–तिब्बत सीमा नाका टिपताला पुग्न करिव २५ किलोमिटर दूरी पार गर्नुपर्छ । 

प्रकाशित मिति : 7:47 am

ताप्लेजुङ युके युवा समाजद्धारा क्यान्सर तथा मिर्गौला पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङ युके युवा समाज बेलायतले

फङ्फङदेन झरना पर्यटन मेला मंसिर २ देखि, फुटबल विजेतालाई तीन लाख बराबरको अलैँची

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा