प्रथम शहीद कप : उपाधिका लागि सिरिजङ्घा र सिदिङ्वा भिड्दै 



ताप्लेजुङ, माघ २१ गते । प्रथम शहीद कपको उपाधिका लागि बुधबार सिरिजङ्गा गाउँपालिका र सिदिङ्वा गाउँपालिकाबिच प्रतिस्पर्धा हुने भएको छ । शहीद दिवसको अवसर गत माघ १६ गतेदेखि मिक्वाखोला गाउँपालिका–४ थलङमा सञ्चालन भएको शहीद कममा बुधबार फाइनल खेल हुने भएको हो 

मङ्गलबार भएको पहिलो सेमिफाइनल खेलमा मिक्वाखोला गाउँपालिकालाई ट्राइबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै सिरिजङ्गा फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसकेपछि नतिजा ट्राइबेकरबाट निकालिएको हो । 

त्यस्तै मङ्गलबार नै भएको अन्तिम सेमिफाइनल खेलमा फक्ताङलुङ गाउँपालिकालाई ट्राइबेकरमा नै ६–५ गोल अन्तरले पराजित गर्दै सिदिङ्वा गाउँपालिकाले फाइनलमा सिरिजङ्घा सँग भेट पक्का गरेको हो । निर्धारित समयमा दुबै टिमबाट कुनै पनि गोल नभएपछि खेल ट्राइबेकरतर्फ धकेलिएको थियो । 

योङ कम्युनिष्ट लिग (वाईसिएल) मिक्वाखोला गाउँपालिकाको आयोजनामा भैइरहेको अन्तरपालिका स्तरीय पुरुष फुटबल प्रतियोगिताको विजेता हुने टिमले १ लाख ५१ हजार १ सय ११ रुपियाँ र उपविजेता हुने टिमले १ लाख १ सय ११ रुपियाँका साथ ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।  

१० वर्षे जनयुद्धका ताप्लेजुङ जिल्लाको पहिलो सहिद नरेन्द्र थलङ (सिङमान) र मिक्वाखोला गाउँपालिकाका सहिदहरूको स्मरण तथा सम्झना स्वरूप साथै खेलकुदको माध्यमद्वारा पालिकाको पर्यटकीय क्षेत्रलाई समेत टेवा पु¥याउने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको वाईसीएल मिक्वाखोला अध्यक्ष सुजन साँबाले बताउनुभयो । 

प्रकाशित मिति : 6:09 am

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक

फुङ्लिङ नगरपालिकाद्धारा चार उत्कृष्ट बुहारी सम्मानित

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले हरितालिका तीजको

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ