दृष्टिविहीनको लागि ४५ दिने आधारभुत कम्प्युटर तालिम सम्पन्न



ताप्लेजुङ, माघ २० गते । ताप्लेजुङमा दृष्टिविहीनहरूको लागि ४५ दिने आधारभुत कम्प्युटर तालिम सम्पन्न भएको छ । नेपाल नेत्रहीन सङ्घ ताप्लेजुङको आयोजना तथा फुङलिङ नगरपालिकाको आर्थिक सहयोगमा पुष ५ गतेबाट सुरु भएको तालिम मङ्गलबार सम्पन्न भएको हो । 

१० जना दृष्टिविहीनहरूले तालिम लिएको नेपाल नेत्रहीन सङ्घका अध्यक्ष नरसिंह थलङले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अमिर मादेनले दृष्टिविहीनहरूको जीवनस्तर उकास्नलाई बजेट प्रदान गरिएको बताउँदै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । 

अपाङ्गता भएका व्यक्तिहरूको लागि अपाङ्ग मैत्री भवन बन्ने प्रकृयामा रहेको र उक्त भवन बने पश्चात अपाङ्गता भएका व्यक्तिलाई थप सहज हुने नगर उपप्रमुख भीमा देवी ओझाले बताउनुभयो ।

तालिममा सहभागि पेम्बा शेर्पाले तालिम प्रभावकारी भएको कम्प्युटरको आधारभुत कुरा सिक्न पाएकोमा खुसी व्यक्त गर्दै सिकेका कुरालाई थप अभ्यास गर्न कम्प्युटर लगायतका सामाग्री नभएकोले सहयोग गर्न अपिल गर्नुभयो । तालिमको सहजिकरण सुजता लिम्बुले गर्नुभएको थियो ।

प्रकाशित मिति : 9:06 pm

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई