दृष्टिविहीनको लागि ४५ दिने आधारभुत कम्प्युटर तालिम सम्पन्न



ताप्लेजुङ, माघ २० गते । ताप्लेजुङमा दृष्टिविहीनहरूको लागि ४५ दिने आधारभुत कम्प्युटर तालिम सम्पन्न भएको छ । नेपाल नेत्रहीन सङ्घ ताप्लेजुङको आयोजना तथा फुङलिङ नगरपालिकाको आर्थिक सहयोगमा पुष ५ गतेबाट सुरु भएको तालिम मङ्गलबार सम्पन्न भएको हो । 

१० जना दृष्टिविहीनहरूले तालिम लिएको नेपाल नेत्रहीन सङ्घका अध्यक्ष नरसिंह थलङले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अमिर मादेनले दृष्टिविहीनहरूको जीवनस्तर उकास्नलाई बजेट प्रदान गरिएको बताउँदै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । 

अपाङ्गता भएका व्यक्तिहरूको लागि अपाङ्ग मैत्री भवन बन्ने प्रकृयामा रहेको र उक्त भवन बने पश्चात अपाङ्गता भएका व्यक्तिलाई थप सहज हुने नगर उपप्रमुख भीमा देवी ओझाले बताउनुभयो ।

तालिममा सहभागि पेम्बा शेर्पाले तालिम प्रभावकारी भएको कम्प्युटरको आधारभुत कुरा सिक्न पाएकोमा खुसी व्यक्त गर्दै सिकेका कुरालाई थप अभ्यास गर्न कम्प्युटर लगायतका सामाग्री नभएकोले सहयोग गर्न अपिल गर्नुभयो । तालिमको सहजिकरण सुजता लिम्बुले गर्नुभएको थियो ।

प्रकाशित मिति : 9:06 pm

ताप्लेजुङ गोल्डकपको टिकट दर घट्यो

ताप्लेजुङ, साउन २७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप चौथो

मध्य मेवा जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा

ताप्लेजुङ, साउन २७ गते । ताप्लेजुङमा निर्माणाधीन ७३.५ मेगावाट क्षमताको

अल्लोबाट निर्मित सामग्री उत्पादन सम्वन्धी तालिम सम्पन्न

ताप्लेजुङ , साउन २७ गते । ताप्लेजुङको फुरुम्बुमा अल्लोबाट निर्मित

पाथीभरा मन्दिरको प्रसाद मागबमोजिम हुलाकमार्फत ढुवानी गरिने

सौगात विष्टताप्लेजुङ, साउन २२ गते । जिल्ला हुलाक कार्यालय, ताप्लेजुङ

मैवाखोलामा ५४ फिटको ‘सिलाम साक्मा’ प्रतिमा, लिम्बू संस्कृतिको संरक्षणमा नयाँ पहल

ताप्लेजुङ, साउन २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिम्बू समुदायको