फुङलिङ नगरपालिकाद्वारा निःशुल्क स्वास्थ्य परीक्षणको अभियान सुरु



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले आफ्नो पालिकाको नागरिकको निःशुल्क स्वास्थ्य परीक्षणको अभियान सुरु गरेको छ । बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा फुङलिङ नगरपालिकाले विश्व मृगौला दिवसको अवसरमा यस अभियानको शुभारम्भ गरेको हो । 

नगरपालिकाभित्रका स्वास्थ्यकर्मी तथा महिला स्वयमसेविकालाई प्रशिक्षण सहितको स्वास्थ्य परीक्षण सुरु गरिएको हो । आजबाट सुरु भएको अभियान हरेक वडाको टोल–टोलमै पुगेर ब्लड प्रेसर, सुगर, किड्नी तथा मुटुको अवस्थाका बारेमा जाँच सेवा प्रदान गरिने फुङलिङ नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख मञ्जु गुरुङले बताउनुभयो । 

उहाँका अनुसार भोलिदेखि नगरपालिकाको सभाहलमा स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिदैछ । तालिमपश्चात चैत्र ६ गतेदेखि ११ नं. वडाको फावाखोलाबाट स्वास्थ्य परीक्षणको अभियान सुरु गरिने तयारी भइरहेको छ । एउटा वडामा करिब एक महिनासम्म परीक्षणका निम्ति प्रतिष्ठानका प्राविधिक खटिने बताइएको छ । 

प्रत्येक वडाका ४० वर्षभन्दा माथिका नागरिकको अनिवार्य स्वास्थ्य परीक्षण गर्ने योजना अनुसार यस अभियानको सुरुवात गरिएको नगरपालिकाले जनाएको छ ।  

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार १४:११

सुरु भयो कञ्चनजङ्घा हीरक महोत्सव

ताप्लेजुङ । ‘कञ्चनजङ्घा हीरक महोत्सव–२०८२’ सुरु भएको छ । कञ्चनजङ्घा

कञ्चनजङ्घा पार्क सेन्टरको गरियो शिलान्यास

ताप्लेजुङ । कञ्चनजङ्घा पार्क सेन्टरको शिलान्यास गरिएको छ । ताप्लेजुङको

ताप्लेजुङका चार पालीकालाई पूर्ण खोप सुनिश्चित घोषणा

ताप्लेजुङ। ताप्लेजुङको चार वटा गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा

६ वर्ष देखि फरार रहेका ताप्लेजुङका एक व्यक्ति पक्राउ

ताप्लेजुङ । विगत ६ वर्ष देखि फरार रहेका ताप्लेजुङका एक

ताप्लेजुङमा बोलेरो दुर्घटना : एक जनाको मृत्यु, एक गम्भीर

ताप्लेजुङ । ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको