फुङलिङ नगरपालिकाद्वारा निःशुल्क स्वास्थ्य परीक्षणको अभियान सुरु



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले आफ्नो पालिकाको नागरिकको निःशुल्क स्वास्थ्य परीक्षणको अभियान सुरु गरेको छ । बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा फुङलिङ नगरपालिकाले विश्व मृगौला दिवसको अवसरमा यस अभियानको शुभारम्भ गरेको हो । 

नगरपालिकाभित्रका स्वास्थ्यकर्मी तथा महिला स्वयमसेविकालाई प्रशिक्षण सहितको स्वास्थ्य परीक्षण सुरु गरिएको हो । आजबाट सुरु भएको अभियान हरेक वडाको टोल–टोलमै पुगेर ब्लड प्रेसर, सुगर, किड्नी तथा मुटुको अवस्थाका बारेमा जाँच सेवा प्रदान गरिने फुङलिङ नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख मञ्जु गुरुङले बताउनुभयो । 

उहाँका अनुसार भोलिदेखि नगरपालिकाको सभाहलमा स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिदैछ । तालिमपश्चात चैत्र ६ गतेदेखि ११ नं. वडाको फावाखोलाबाट स्वास्थ्य परीक्षणको अभियान सुरु गरिने तयारी भइरहेको छ । एउटा वडामा करिब एक महिनासम्म परीक्षणका निम्ति प्रतिष्ठानका प्राविधिक खटिने बताइएको छ । 

प्रत्येक वडाका ४० वर्षभन्दा माथिका नागरिकको अनिवार्य स्वास्थ्य परीक्षण गर्ने योजना अनुसार यस अभियानको सुरुवात गरिएको नगरपालिकाले जनाएको छ ।  

प्रकाशित मिति : 2:11 pm

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ