मैवाखोला गाउँपालिकामा मातृ पोषण कार्यक्रम सुरु



ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले मातृ पोषण कार्यक्रम सुरु गरेको छ । गर्भवती आमा तथा सुत्केरी आमाहरूका लागि मातृ पोषण कार्यक्रम अन्तर्गत आज स्वास्थ्य चौकी साँघुबाट पोषण सामग्री बितरण गरि उक्त कार्यक्रमको सुरुवात गरिएको हो । 

गाउपालिका भित्र रहेका गर्भवती र सुत्केरी आमाहरूको स्वास्थ्य नियमित प्रोटोकल अनुसार गर्भ जाँच गर्ने उद्देश्यले गाउँपालिकाका गर्भवती तथा सुत्केरी आमाहरूलाई गाउँपालिकाका उपाध्यक्ष कमल कुमारी लिम्बूले पोषणका सामाग्री (घ्यू, आयोडिन नुन, अण्डा, गेडागुडी) लगायत वितरण गरी उक्त कार्यक्रमको थालनी गरिएको छ । 

१६, २० २४, ३२ र ३६ हप्ता सम्म गर्भ जाँच गराउन आउने गर्भवतीहरू र तीन महिना सम्मका सुत्केरी आमाहरूलाई पोषण वितरण गर्ने कार्यक्रम अनुसार उक्त कार्यको सुरुवात गरिएको गाउँपालिकाका अध्यक्ष विजय वनेमले जानकारी दिनु भएको । 

प्रकाशित मिति : 2:01 pm

वन पैदावार व्यवसायी सङ्घको अध्यक्षमा राई 

ताप्लेजुङ, मंसिर १७ गते । वन पैदावार व्यवसायी सङ्घ ताप्लेजुङको

फुङलिङ नगरपालिका सेसेलुङ महिला गोल्डकपको फाइनलमा 

ताप्लेजुङ, मंसिर १७ गते । फुङलिङ नगरपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा

सेसेलुङ महिला गोल्डकप : आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै 

ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

दोस्रो साङधुङगे माङ्गेना कप : आज चार खेल सम्पन्न 

ताप्लेजुङ, मंसिर १६ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

पूर्व मन्त्रीसहित ताप्लेजुङका दुई नेतालाई एमालेद्वारा निलम्बन

ताप्लेजुङ, मंसिर १६ गते । नेकपा एमालेले ताप्लेजुङका दुई नेतालाई