फागुनमा गणना गरिएको पाथीभरा मन्दिरको भेटी सार्वजनिक



ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले फागुन महिनामा गणना गरिएको भेटी रकम सार्वजनिक गरेको छ । पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको भेटी संकलन गरी फागुन महिनामा गणना गरिएको रकम बुधबार सार्वजनिक गरिएको हो । 

गत फागुन १ गतेदेखि मसान्तसम्ममा कुल ५५ लाख ७० हजार ८८० रुपैयाँ गणना गरि विभिन्न बैंकमा जम्मा गरेर विवरण सार्वजनिक गरिएको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । कार्यकारी निर्देशक हाङबाङले हरेक महिना भेटी सार्वजनिक गर्ने प्रतिबद्धता अनुसार नै फागुन महिनाको विवरण सार्वजनिक गरिएको हो । 

यस्तै पछिल्लो एक महिनामा स्वदेशी तथा विदेशी गरी १७ हजार ९ सय १२ जना तीर्थयात्री पाथीभरा मन्दिरमा पुगेको तथ्यांक समेत समितिले सार्वजनिक गरेको छ । यसैबीच पाथीभरामा संकलन भएको सुनचाँदी लिलाम बिक्री प्रकृयामा रहेको समितिले जनाएको छ । 

रिफाइन गरिएको १७८ तोला ८२ लाल सुन र ५ हजार २९८ तोला १२ लाल चाँदी बिक्रीको प्रकृयामा रहेको बताईएको छ । गत फागुन २० गते लिलाम बिक्रीको सूचना निकालिएको र बिक्री प्रकृयामा नै रहेको समितिले जनाएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार १३:४१

फुङलिङ नगरपालिकाको सेवा अनिश्चितकालिन बन्द

ताप्लेजुङ । मंगलबार राति भएको तोडफोड आगजानी पछि फुङलिङ नगरपालिकाको

ताप्लेजुङमा आज १० बजेदेखी साँझ ५ बजेसम्म निषेधाज्ञा जारी

ताप्लेजुङ । ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन

ताप्लेजुङमा पनि बिहिबार बिहान ६ बजेसम्म कफ्र्यू जारी

ताप्लेजुङ । ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन

सिदिङ्वा गाउँपालिका कार्यालय तोडफोड

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको कार्यालय तोडफोड गरिएको छ ।

मैवाखोलामा पहिरोमा पुरिएर दुईको मृत्यु, तीन घाइते

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा पहिरोमा परेर दुई जनाको मृत्यु