फागुनमा गणना गरिएको पाथीभरा मन्दिरको भेटी सार्वजनिक



ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले फागुन महिनामा गणना गरिएको भेटी रकम सार्वजनिक गरेको छ । पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको भेटी संकलन गरी फागुन महिनामा गणना गरिएको रकम बुधबार सार्वजनिक गरिएको हो । 

गत फागुन १ गतेदेखि मसान्तसम्ममा कुल ५५ लाख ७० हजार ८८० रुपैयाँ गणना गरि विभिन्न बैंकमा जम्मा गरेर विवरण सार्वजनिक गरिएको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । कार्यकारी निर्देशक हाङबाङले हरेक महिना भेटी सार्वजनिक गर्ने प्रतिबद्धता अनुसार नै फागुन महिनाको विवरण सार्वजनिक गरिएको हो । 

यस्तै पछिल्लो एक महिनामा स्वदेशी तथा विदेशी गरी १७ हजार ९ सय १२ जना तीर्थयात्री पाथीभरा मन्दिरमा पुगेको तथ्यांक समेत समितिले सार्वजनिक गरेको छ । यसैबीच पाथीभरामा संकलन भएको सुनचाँदी लिलाम बिक्री प्रकृयामा रहेको समितिले जनाएको छ । 

रिफाइन गरिएको १७८ तोला ८२ लाल सुन र ५ हजार २९८ तोला १२ लाल चाँदी बिक्रीको प्रकृयामा रहेको बताईएको छ । गत फागुन २० गते लिलाम बिक्रीको सूचना निकालिएको र बिक्री प्रकृयामा नै रहेको समितिले जनाएको छ ।

प्रकाशित मिति : 1:41 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन