इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान आजबाट शुरु



इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान मुबारक महिना आजबाट शुरु हुने भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुसलमानहरू दिनभर निराहार बस्छन् । सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज (मगरिब) को आजान सुनेर खोल्ने चलन छ । निराहार बस्नुलाई रोजा भनिन्छ ।

रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने तालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समयअघि नै र बेलुका तोकिएको समयपछि आहार लिइन्छ । उर्दू पात्रोअनुसार हिजरी सम्बत्को रमजान नवौँ महिना हो ।

रमजानमै मुसलमानहरूको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यस महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिइन्छ । दान गर्नु, गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो ।

रमजान व्रत बस्न आज साँझ मुसलमानहरूले चन्द्रमा हेर्ने प्रचलन छ । शरीरलाई शुद्ध राखेर मात्र रोज बस्नुपर्छ भन्ने मान्यता छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यस पर्वमा मुसलमानहरू रोजा बस्नुलाई गर्व गर्दछन् । नाबालक, बिरामी, जटिल रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य गरिएको छैन ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलवार ००:५५

एचपिएफले बनायो ताप्लेजुङमा ६६ विद्यालयका भवन

ताप्लेजुङ। ह्युमन प्राक्टिस फाउण्डेसन (एचपिएफ)ले ताप्लेजुङमा एक निर्माणधीन सहित ६६ वटा

लिम्बू पत्रकार संघ ताप्लेजुङको अध्यक्षमा फुरुम्बो

ताप्लेजुङ। लिम्बू पत्रकार सङ्घ ताप्लेजुङको अध्यक्षमा कृष्ण फुरुम्बो (लिम्बू) चयन

प्रेस युनियन ताप्लेजुङले दियो फरक क्षमता भएका विद्यार्थीलाई शैक्षिक सामग्री 

ताप्लेजुङ। नेपाल प्रेस युनियन ताप्लेजुङले फरक क्षमता भएका विद्यार्थीहरूलाई शैक्षिक

ताप्लेजुङमा च्याब्रुङ नाच्दै गरेको मानिसको प्रतिमामा अश्लिल हर्कत गर्ने दुई जना पक्राउ 

ताप्लेजुङ। ताप्लेजुङमा च्याब्रुङ नाच्दै गरेको मानिसको प्रतिमामा अश्लिल हर्कत गर्ने

कृषि मन्त्री हाङगामको निर्देशनमा अनुगमन : सुनसरीका तीन स्थानीय तहबाट  एक हजार २४ केजी अवैध बीउ जफत 

ताप्लेजुङ । सुनसरी जिल्लाका विभिन्न गाउँपालिकामा सूचीकृत तथा दर्ता नभएका