सिलौतीमा निर्माण भइ रहेको फाल्गुनन्दको सालिक निर्माण नरोक्न उत्प्रेषण परमादेश



पाँचथर । उच्च अदालत इलामले पाँचथरको फाल्गुनन्द २ स्थित सिलौतीमा निर्माण भइ रहेको नेपालका १६ औं राष्ट्रिय विभूति तथा किरात धर्मका प्रवर्तक फाल्गुनन्द लिङ्देनको सालिक निर्माण रोक्नु नपर्ने आदेश जारी गरेको छ ।

आइतबार न्यायाधीश किरण पौडेल र राजेशकुमार काफ्लेको संयुक्त इजलासले निर्माण कार्य रोक्न माग गर्दै सिलौती माङहिम तथा नाम्फुङ सामुदायिक वन उपभोक्ता समितिका तर्फबाट दर्ता गराएको रिट निवेदनमाथि छलफल गर्दै यस्तो आदेश जारी गरेको हो । नेम्वाङले वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङ्देनको इच्छाअनुसार सिलौतीमा अवस्थित फाल्गुनन्द लिङदेनको समाधिस्थल रहेको स्थानमा सालिक निर्माण गरेकाले रोक्न माग गर्दै उच्च अदालतमा रिट दर्ता गराएका थिए ।

रिट निवेदकका तर्फबाट अधिवक्ता खगराज कट्टेल, विपक्षी जिल्ला प्रशासन कार्यालयका तर्फबाट उपन्यायधिवक्ता राजेन्द्र भट्टराई, विपक्षी आत्मानन्द लिङ्देनका तर्फबाट अधिवक्ताहरु छवि बास्कोटा, भिम खत्री र जीवन कोइरालाको बहसपश्चात् उच्च अदालत इलामले यस्तो आदेश जारी गरेको हो ।

आइतबार जारी आदेशमा ‘निवेदकले निर्माण रोक्न माग गरे पनि आधाभन्दा धेरै काम सकिएको, फाल्गुनन्द गाउँपालिका र नाम्फुङ सामुदायिक वन उपभोक्ता समितिले निर्माणका लागि सहमति दिएको तथा गत फागुन ९ गते जिल्ला प्रशासन कार्यालय पाँचथरमा सालिक निर्माण गर्ने र गर्न नदिने दुवै पक्षले आपसी समझदारीमा सालिक निर्माण गर्ने सहमति गरेको जस्ता प्रमाणलाई आधार मान्दै अन्तिम निर्णय हुँदाका बखत विवेचना गरिने भएकाले निवेदनको मागउपर अन्तरिम आदेश जारी गरिरहनु परेन’ भनेर उल्लेख गरिएको छ ।

सिलौतीमा फाल्गुनन्दको सालिक निर्माण थालिएपछि सिलौती साङछेन माङहिम र इलामको माङसेवुङमा रहेका किरात धर्मगुरु आत्मानन्द लिङदेन निकट किरात धर्मावलम्बीहरुबीच पटक–पटक विवाद भएका थिए । सोही क्रममा फागुन २३ गते निर्माणाधीन सालिक र अनुष्ठान कक्षमा समेत क्षति पुगेको थियो ।ekantipur.com

प्रकाशित मिति : 1:21 am

डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा आजबाट निःशुल्क शिविर

ताप्लेजुङ, वैशाख २४ गते । ताप्लेजुङको डिचेन डोङ्गला स्मारक आँखा

पाथीभरा याङवरकको प्रतिभा प्रस्फुटन कार्यक्रममा टेकेन्द्र खरेल बने प्रथम

ताप्लेजुङ वैशाख २४ गते । पाथीभरा याङवरक गाउँपालिकामा भएको प्रतिभा

दोभान बजारमा निःशुल्क आँखा स्वास्थ्य शिविर : ५९ जनाको शल्यक्रिया 

ताप्लेजुङ, वैशाख २२ गते । ताप्लेजुङको दोभान बजारमा सञ्चालन गरिएको

मैवाखोला गाउँपालिकाको एकीकृत घुम्ती सेवा शिविर : दोस्रो दिन ८३८ ले लिए सेवा

ताप्लेजुङ, वैशाख २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा सोमबारदेखि सुरु

 मेरिङदेन र मिक्वाखोला गाउँपालिकाको आयोजनामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु

ताप्लेजुङ, वैशाख २२  गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका र मिक्वाखोला