एआईको डाटा चोरी गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ



एजेन्सी । अमेरिकाले गुगलका एक पूर्व सफ्टवेयर इन्जिनियरलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को व्यापारसम्बन्धी महत्वपूर्ण डाटा चोरी गरी दुई चिनियाँ कम्पनीका लागि गोप्य रूपमा काम गरिरहेको आरोपमा पक्राउ गरेको छ ।

लियोन डिङ भनेर चिनिने चिनियाँ नागरिक लिनवेई डिङलाई क्यालिफोर्नियामा पक्राउ गरिएको बीबीसीले जनाएको छ । उनले ५ सयभन्दा बढी गोप्य फाइलहरू चोरेको आरोप छ ।

दोषी प्रमाणित भएमा उनलाई १० वर्ष कैद र प्रति कसुर २ लाख ५० हजार डलर जरिबानाको सजाय हुने खबरमा उल्लेख छ । डिङलाई गुगलले २०१९ मा एआई सम्बन्धी सफ्टवेयर विकास गर्ने जिम्मेवारी दिएर काममा लगाएको थियो ।

उनले गुगलको नेटवर्कमा भण्डारण गरिएको महत्वपूर्ण जानकारीहरु मे २०२२ देखि एक वर्ष लगाएर आफ्नो व्यक्तिगत गुगल खातामा अपलोड गर्न थालेको पाइएको बीबीसीको खबरमा उल्लेख छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार ०१:२३

श्री साङक देछ्योलिङ गोन्पा विद्यालयद्धारा एसईईमा उतिर्ण विद्यार्थीलाई सम्मान 

ताप्लेजुङ । ताप्लेजुङको श्री साङक देछ्योलिङ गोन्पा विद्यालयले एसईईमा सर्वोकृष्ट

आठराई त्रिवेणी गाउँपालिकाको बजेट पास

ताप्लेजुङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको बजेट पास भएको छ ।

दोभान बजारलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने

ताप्लेजुङ । ताप्लेजुङको दोस्रो ठूलो बजार दोभानलाई प्रमुख पर्यटकीय गन्तव्यको

ताप्लेजुङको दिङ्लामा लम्पी स्किन रोग फेला

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ४ दिङ्लामा लम्पी

आठराई त्रिबेणीको शिक्षा क्षेत्रमा १८ प्रगति

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति