२ दशकमा संसारभरि नकारात्मक भावनामा वृद्धि



पछिल्ला दुई दशकमा संसारभरि नकारात्मक भावनामा वृद्धि भएको एउटा अध्ययनले देखाएको छ । ुग्यालप रिसर्च इन्स्टिट्युटु ले सन् २०२२ मा गरेको विश्वव्यापी सर्वेक्षणमा १० मध्ये चार वयस्कले आफूलाई प्रशस्त चिन्ता र तनाव हुने गरेको बताएका छन् । चिन्ता र तनावको मुख्य स्रोत नकारात्मक भावना रहेको प्रतिवेदनमा उल्लेख छ ।

सेवा सुविधा उपलब्ध, औसत आयुमा वृद्धि, सङ्क्रामक रोगलाई रोक्न सक्ने क्षमता लगायतका कारण नकारात्मक भावना कम हुनुपर्नेमा अझै बढ्नु चिन्ताको विषय भएको अध्ययनमा संलग्नहरूको भनाइ छ । इतिहासमै सम्भवतः पहिलो पटक सबैजसोका लागि गाँस, बास, कपास र शिक्षाको प्रबन्ध गर्न सक्षम भएको अवस्थामा पनि नकारात्मक भावना वृद्धि हुनु मानव जातिकै लागि समस्याको कुरा भएको प्रतिवेदनमा भनिएको छ ।

अध्ययन प्रतिवेदनमा टीभी र इन्टरनेटजस्ता प्रविधिमा भएको प्रगतिले मानिसलाई राम्रा र नराम्रा सबै किसिमका जानकारीमा अत्यधिक पहुँच दिएको हुनाले पनि स्थिति झन् बिग्रिएको उल्लेख रहेको बीबीसीले जनाएको छ । नकारात्मक भावना वृद्धि हुनुमा धेरैजसो समाचारहरू नकारात्मक हुनु पनि एउटा कारण रहेको प्रतिवेदनमा उल्लेख छ ।

युद्ध, महामारी, जलवायु परिवर्तन, दुर्घटना लगायतका समाचारहरूले मानिसमा नकारातत्मक भाव बढी ल्याउने गरेको दाबी पनि प्रतिवेदनमा गरिएको छ ।

प्रकाशित मिति : 1:09 am

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर