२ दशकमा संसारभरि नकारात्मक भावनामा वृद्धि



पछिल्ला दुई दशकमा संसारभरि नकारात्मक भावनामा वृद्धि भएको एउटा अध्ययनले देखाएको छ । ुग्यालप रिसर्च इन्स्टिट्युटु ले सन् २०२२ मा गरेको विश्वव्यापी सर्वेक्षणमा १० मध्ये चार वयस्कले आफूलाई प्रशस्त चिन्ता र तनाव हुने गरेको बताएका छन् । चिन्ता र तनावको मुख्य स्रोत नकारात्मक भावना रहेको प्रतिवेदनमा उल्लेख छ ।

सेवा सुविधा उपलब्ध, औसत आयुमा वृद्धि, सङ्क्रामक रोगलाई रोक्न सक्ने क्षमता लगायतका कारण नकारात्मक भावना कम हुनुपर्नेमा अझै बढ्नु चिन्ताको विषय भएको अध्ययनमा संलग्नहरूको भनाइ छ । इतिहासमै सम्भवतः पहिलो पटक सबैजसोका लागि गाँस, बास, कपास र शिक्षाको प्रबन्ध गर्न सक्षम भएको अवस्थामा पनि नकारात्मक भावना वृद्धि हुनु मानव जातिकै लागि समस्याको कुरा भएको प्रतिवेदनमा भनिएको छ ।

अध्ययन प्रतिवेदनमा टीभी र इन्टरनेटजस्ता प्रविधिमा भएको प्रगतिले मानिसलाई राम्रा र नराम्रा सबै किसिमका जानकारीमा अत्यधिक पहुँच दिएको हुनाले पनि स्थिति झन् बिग्रिएको उल्लेख रहेको बीबीसीले जनाएको छ । नकारात्मक भावना वृद्धि हुनुमा धेरैजसो समाचारहरू नकारात्मक हुनु पनि एउटा कारण रहेको प्रतिवेदनमा उल्लेख छ ।

युद्ध, महामारी, जलवायु परिवर्तन, दुर्घटना लगायतका समाचारहरूले मानिसमा नकारातत्मक भाव बढी ल्याउने गरेको दाबी पनि प्रतिवेदनमा गरिएको छ ।

प्रकाशित मिति : 1:09 am

ताप्लेजुङ युके युवा समाजद्धारा क्यान्सर तथा मिर्गौला पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङ युके युवा समाज बेलायतले

फङ्फङदेन झरना पर्यटन मेला मंसिर २ देखि, फुटबल विजेतालाई तीन लाख बराबरको अलैँची

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा