ताप्लेजुङको सिरिजङ्गाद्धारा पशुधन बीमा कार्यक्रम सुरु



ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले पशुधन बीमा कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि तथा बाली बीमा कार्यक्रम अन्तरगत पशुधन बीमा कार्यक्रम सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुर नेपालीले जानकारी दिनुभयो । 

उहाँका अनुसार पशु बीमा गरेबापत कृषकले बीमाङ्कको २० प्रतिशत रकम व्यर्होनु पर्ने छ । थोरै बाहेक गाउँपालिकाले अनुदानको रकम सोझै गाउँपालिकाले बीमा कम्पनीलाई पठाउने भएको छ । बीमा गरेको पशुको ट्याङिग वापत प्राविधिक खर्च, जीवन बीमा वापतको खर्च र हुलाक टीकट मात्र पशुधनीले व्यर्होनु पर्ने नेपालीले जानकारी दिनुभयो । 

बीमा कार्यक्रममा सहभागी हुन चाहने पशुधनीले फागुन ३० गते भित्र पालिकाका सम्बन्धित वडामा आवेदन गरिसक्नुपर्ने गाउँपालिकाले जनाएको छ । आवेदकले पशुको संख्या तथा उमेर किटान गर्नुपर्ने छ भने कृषक समूह र कृषि सहकारीको हकमा बाँकी रकम व्यर्होने निर्णयको प्रतिलिपि समेत संलग्न राख्नुपर्ने भएको छ ।

प्रकाशित मिति : 1:40 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन